Online News Khabar

उत्पिडित् वर्गका लागि लडेकाे पार्टिले नै अन्याय गर्याे: माओवादि नेता चदारा

1.3k
SHARES
1.5k
VIEWS

कालिकोट- नेकपा माओवादी केन्द्रले गरेकाे समानुपातिक उम्मेदवार छनाैट बारे कालिकोटका दलित नेतृत्वले आलाेचना संगै बिराेध जनाएका छन् ।
२०६४ मा बिजयी नेकपा माओवादीका नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) पछि कालिकोटमा दलित समुदायका नेतृत्वले अवसर नपाएकाे
नेता दिनेश चदाराले अभिव्यक्ति दिएका छन ।
दस वर्षे जनयुद्धमा दलित समुदायकै उच्चतम भुमिकामा उपलब्ध लाेकतन्त्र जनयुद्धकाे अाधार भुमि कालिकोट अहिले राज्यकाे हरेक क्षेत्रमा बिहिन रहेकाे भन्दै उत्पिडित समुदायकाे अपमान भएकाे बताए ।

करिब १४ वर्षपछि पनि दलित समुदायकाे नेतृत्वलाई पार्टीले ठाउँ दिन नसकेकाे गुनासाे गरे ।

उत्पिडित वर्ग संघर्षको भट्टिबाट खारिएर अाएकाे माओेवादि पार्टील यस्ताे हेपुवा प्रवृत्ति गर्छ भन्ने लागेकाे पनि थिएन नेता चदनराले भने,
नेतृत्वपंक्ति मात्र हैन सम्पुर्ण कालिकोटका दलित समुदायकाे अपमान हुन पुगेकाे दुखेसाे समेत पाेख्य ।
२०५८ साल देखि कृयाशिल राजनीति गर्दै आएकाे आफु लगायत कुनैपनि दलित समुदायकाे नेतृत्वलाई पार्टिले कुनै पनि अवसर दिएकाे छैन ।
साना तिना जिल्लाका राजनिती नियुक्ति सम्म पार्टिले दिन नसकेकाे उनले बताए ।

२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनकाे बेला वडा सदस्य हराउन समेत लागेकाे पार्टी भित्रकै आन्तरिक तत्वले २०७९ सालकाे नगरपालिका प्रमुख हराउन लागेकाे आराेप लगाए । दलित, जनजाति तथा पछाडि परेकाे वर्गकाे लागि लडेकाे पार्टीले यतिसम्म अन्हाय गर्छ समेत लागेकाे थिएन ।

यस्तै प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार विस्नुबहादुर विक ( बिकल्प) ले पनि पार्टीले अझै दलित समुदायकाे प्रतिनिधित्व बिहिन बनाएकाे भन्दै समाजिक संञ्जाल फेसवुकमा बिराेध तथा आपत्ति जनाएका छन् ।
नेकपा माओवादीले हिजाे मात्र प्रतिनिधि सभा समानुपातिक उम्मेदवार मनाेनित गरेकाे थियाे ।
उक्त सिटमा कालिकोट बाट समानुपातिक भित्र दलित नपारेकाे भन्दै जताततै आलाेचना र बिराेध भईरहेकाे छ ।नेकपा एमाले बाहेक अन्य दलले दलित समुदायलाई उपेक्षा गरेकाे देखिन्छ ।नेकपा एमालेले २०७४ सालकाे निर्वाचनमा नरपति सुनारलाई राष्ट्रिय सभा सदस्यमा लगेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित