Online News Khabar

युनिकोड

कर्णालीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक

901
SHARES
1.1k
VIEWS

 

दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चुनाव केन्द्रीत बैठक बसेको छ । बिहीबार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठक आसन्न निर्वाचन, विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रित रहेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार तीन जिल्लाको सुरक्षा बैठक मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रित थियो ।

उनले भने,‘ आसन्न निर्वाचन, विपद् व्यवस्थापन, दुई ठूला राजमार्गहरु कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा सहज सवारी आवागमन, सडक दुर्घटना न्यूनीकरण, चोरी निकासी नियन्त्रण लगायतका विषयमा केन्द्रित रहेर अन्तर जिल्ला सुरक्षा बैठक बसेको हो ।’

तीन जिल्ला बीचको आपसी समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको कोइरालाले बताए । बैठकमा दैलेख, कालिकोट र अछाम जिल्लामा सञ्चालित ठूला योजनाहरुको सुरक्षा सवालमा पनि छलफल भएको छ । प्रशासकीय अधिकृत कोइरालाले कर्णाली नदि किनारमा बसेको बैठकले १० बुँदे निर्णयहरू गरेको बताए ।

बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेय, दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहसहित कालिकोट र अछामका प्रहरी प्रमुख, तीन वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपालका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु उपस्थित थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित