सुनौलो भविष्य बचत समूहद्वार भलिबल खेलाडीलाई खेल सामग्री हस्तान्तरण

सुनौलो भविष्य बचत समूहद्वार भलिबल खेलाडीलाई खेल सामग्री हस्तान्तरण

 

कालिकोट- विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सुनौलो भविष्य बचत समूह, सान्नी त्रिवेणी गाउँपालिका–३, कालिकोटद्वारा आयोजित शुभकामना आदानप्रदान, भलिबल खेलाडी सम्मान, खेल सामग्री हस्तान्तरण तथा समाजका अग्रज व्यक्तित्वहरूलाई आफ्नै हातबाट भोजन गराउने विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

समूहका अध्यक्ष मनराज देवकोटाको विशेष कारणवश अनुपस्थिति भएको हुँदा उपाध्यक्ष खगेन्द्रप्रसाद देवकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति मानप्रसाद जैसी, नेपाली कांग्रेस सान्नी त्रिवेणी गाउँपालिकाका सभापति हरिचन्द्र देवकोटा, नेकपा एमाले सान्नी त्रिवेणी–३ का वडा कमिटी अध्यक्ष भीमप्रसाद देवकोटा तथा नेपाली कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य नवराज देवकोटाको विशेष आतिथ्यता रहेको थियो।

त्यसैगरी वडा सचिव हेमराज देवकोटा, शिक्षक लक्ष्मीप्रसाद देवकोटा, वडा सदस्य लक्ष्मीप्रसाद देवकोटालगायत स्थानीय समाजका अग्रज व्यक्तित्व, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, खेलाडी तथा विभिन्न क्षेत्रका महानुभावहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा समूहका कोषाध्यक्ष प्रेमप्रसाद देवकोटाले सुनौलो भविष्य बचत समूहको स्थापना कालदेखि हालसम्म सञ्चालन गर्दै आएका गतिविधि, उद्देश्य, काम, कर्तव्य, जिम्मेवारी तथा सामाजिक सेवाको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा स्थानीय भलिबल खेलाडीहरूको हौसला अभिवृद्धि तथा खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले सुनौलो भविष्य बचत समूहले खेलाडीहरूलाई सम्मानस्वरूप एक थान भलिबल र एक थान भलिबल खेल जाली हस्तान्तरण गरेको थियो। खेलकुदले युवाहरूमा अनुशासन, एकता, सहकार्य र सकारात्मक सोचको विकास गर्ने भएकाले आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने समूहले जनाएको छ।

त्यसैगरी समाजका अग्रज व्यक्तित्वहरूलाई आफ्नै हातबाट भोजन गराई सम्मान तथा आत्मीयता प्रकट गरिएको थियो। अग्रजहरूको अनुभव, योगदान र मार्गदर्शनलाई सम्मान गर्दै नयाँ पुस्तामा आदर, सत्कार र सेवाको संस्कार विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।

सामाजिक सेवामा सुनौलो भविष्य बचत समूहको योगदान

सुनौलो भविष्य बचत समूहले सामाजिक सेवाको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न रोगबाट पीडित सात जना बिरामीहरूको उपचारका लागि सञ्चालन गरिएका आर्थिक सहयोग अभियानमा समूहका सम्पूर्ण सदस्य ज्यू हरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हातेमालो गर्दै आउनुभएको छ।

क्यान्सर पीडित उदयराम जैसीको उपचारका लागि रु. १ लाख १५ हजार १६७, सीता देवकोटाको उपचारका लागि रु. १ लाख ३१ हजार ६००, मिर्गौला पीडित ओमप्रकाश देवकोटाको उपचारका लागि करिब रु. ६ लाख ५३ हजार, अर्जुन देवकोटाको उपचारका लागि रु. १ लाख ७ हजार, अमृत शाहीको उपचारका लागि रु. २० हजार ४२६, बालिका बिमला देवकोटाको उपचारका लागि रु. १ लाख ४५ हजार तथा क्यान्सर पीडित नन्दा देवकोटाको उपचारका लागि करिब रु. २ लाख ८४ हजार आर्थिक सहयोग सङ्कलन तथा हस्तान्तरण अभियानमा सहयोग गरेको विवरणसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।

यी मानवीय सहयोगका कार्यले समूहको सामाजिक उत्तरदायित्व, आपसी एकता र सेवाभावलाई उजागर गरेको छ।

समूहले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामी तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्ने, युवाहरूको प्रतिभा र खेलकुद क्षेत्रको विकासमा प्रोत्साहन गर्ने तथा समाजका अग्रज व्यक्तित्वहरूको सम्मान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमले सामाजिक सद्भाव, राजनीतिक सहिष्णुता, आपसी भाइचारा, मानवीय सेवा, अग्रजप्रतिको सम्मान र स्थानीय खेलकुदको विकासमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको सञ्चालन समूहका सचिव जीवनराज देवकोटाले गर्नुभएको थियो।

आयोजक: सुनौलो भविष्य बचत समूह
सान्नी त्रिवेणी गाउँपालिका–३, कालिकोट रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित