- कालिकोट – कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्रि महेन्दबहादुर शाहीले वर्तमान सरकारले जनताकाे समस्य पुरा गर्न नसकेकाे आराेप लगाउनु भएकाे छ । साेमबार कालिकोटको सदरमुकाम मान्ममा नेपाली कम्युनिस्ट पार्टि कालिकोटको आयाेजनामा आयाेजित दशै तिहार तथा शुभ दिपावलीकाे कार्यक्रममा सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका शाहीले यस्ताे बताएका हुन । उनले दुई तिहाई समेत रहेकाे वर्तमान सरकारले जनताको आवश्यकता पुरा गर्न नसकेकाे बताए । गरिब, जनजाति तथा संविधान मा लेखिएका कुराकाे कार्यनयन वर्तमान सरकारले गर्न नसकेकाे दनवि गरे । साथै उनले बिचारकाे राजनीति आआफ्नाे ठाउँमा छ विकास सुशासन, र जनताकाे आवश्यकता पुरा गर्न सवै एकजुट भएर लाग्नु पर्ने समेत बताए ।नेपाली कम्युनिस्ट पार्टि कालिकोट जिल्ला संयाेजक तुलाराज सिम्खाडाकाे सभाअध्यक्षतामा सुरू भएकाे कार्यक्रममा जिल्ला समन्वय प्रमुख धनजित शाही , महिला नेतृ गंगा खड्का बिभिन्न राजनिती दलका प्रमुख तथा प्रतिनिधि स्थानीय सरकारका प्रमुख , वडाध्यक्ष लगायतकाे उपस्थितिमा कार्यक्रम गरिएको थियाे । शुभकामना दिदै बाेल्ने अधिकांस बक्ताहरूले देश अझै संकटमा रहेकाले सवै राजनीति दलहरूले मिलेर सामना गर्नु पर्ने बताएका थिए । कहिले महा बिपत्ति त कहि राजनिती बिपत्तिले गर्दा देश संकटमै रहेकाे बताएका थिए ।






