कालिकोट – नेकपा एमाले रास्कोट नगर कमिटीको आयोजनामा दशैं–तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नगर कमिटी अध्यक्ष कालिबहादुर शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेता दयाराम सिम्खाडा, नेपाली कम्युनिस्ट पार्टिका नगर अध्यक्ष सुवास खड्का जनप्रतिनिधि पाटिका नेता कार्यकर्ताकाे सहभागीतामा भएकाे नगर उपाध्यक्ष दिपक सिम्खाडाले जानकारी दिए ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आपसी सद्भाव, एकता र भाइचाराको शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रम आयोजक नेकपा एमाले रास्कोट नगर कमिटीले कार्यक्रमलाई सफल बनाउन अमूल्य समय प्रदान गर्ने सम्पूर्ण नेता तथा कार्यकर्ता र निमन्त्रणालाई स्वीकार गरी सहभागी हुने सम्मानित व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
पार्टीले यस्ता कार्यक्रमले आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै सामाजिक सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
- कार्यक्रमको समापनमा आयोजकले “नेकपा एमाले जिन्दावाद!” भन्ने नारासहित सबैमा चाडपर्वको शुभकामना व्यक्त गरेको छ।






