एमाले रास्कोटले असोज २६ गते विजयादशमीको चियापान कार्यक्रम गर्ने

एमाले रास्कोटले असोज २६ गते विजयादशमीको चियापान कार्यक्रम गर्ने

 

कालिकोट —  नेकपा एमाले रास्कोटले विजयादशमीको अवसरमा असोज २६ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालीहरूको महान् पर्व विजयादशमीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नगेन्द शाही, मिनबहादुर शाही, जिल्ला अध्यक्ष सहित जिल्ला प्रदेश कमटि उपस्थित हुने जनाइएको छ ।

चियापान कार्यक्रमले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान तथा आपसी सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा सहभागी भई विजयादशमीको शुभकामना आदानप्रदान गर्न नेकपा एमाले रास्कोटले सबैमा आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित