कालिकाेट – जिल्ला अस्पताल कालिकोटमा पहिलाे पटक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएपछि स्थानीय नागरिक खुसि भएका छन । जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोगका बिषेशज्ञ चिकित्सक डा. सागर ढकाल पुगेर सेवा सुचारु गरेकाे स्वास्थ्य सेवा कार्यालय कालिकाेटका प्रमुख डा. रत्नविर सुनारले जानकारि गराएपछि स्थानीय नागरिक खुसि भएका हुन ।
विशेषज्ञ चिकित्सकको आगमनसँगै हाडजोर्नी नसा सम्बन्धी विभिन्न समस्या भएका बिरामीले अब जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने कार्यालय प्रमुख डा. सुनारले वताउनु भयाे ।
प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भई आएका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सागर ढकालले अस्पतालमा सेवा दिन सुरु भएकाे छ ।
हाडजोर्नी तथा नसा सम्बन्धी उपचार जिल्ला अस्पतालबाट नियमित रुपमा सुरु भएपछि हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
यसभन्दा अघि जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोग बिषेशज्ञ चिकित्सकको दरबन्दी भएपनि चिकित्सक नहुँदा सेवा सुरु हुन सकेको थिएन् ।





