कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति

कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति

 

३ भदौ, सुर्खेत । कर्णालीमा सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच प्रदेश सरकारको भागबन्डामा सहमति जुटेको छ । बुधवार सत्ता सहकार्यका लागि दुई पार्टीका प्रदेश संसदीय दलबीच ६ बुँदे सहमति जुटेको हो ।

सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बाहेक तीन मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने भएका छन् ।

नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिनेछ ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित