Online News Khabar

कालिकोटबाट १ जनाले मात्र ल्याए ४ जिपिए

1.2k
SHARES
1.4k
VIEWS

कालिकोट – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा कालिकोट जिल्लाबाट केवल १ जना विद्यार्थीले मात्रै ४ जिपिए प्राप्त गरेका छन् । जिल्लाबाट यस वर्ष तीन हजार १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

जसमध्ये जनजिवन माध्यमिक विद्यालय ताडी मा अध्ययनरत छात्र डेविट बम ले ४ जिपिए ल्याउँदै जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेका हुन् । दुर्गम जिल्लाबाट आएको यो उपलब्धिलाई कालिकोटको शिक्षा क्षेत्रमा सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

राष्ट्रिय स्तरमा यस वर्ष एसईईको नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ४८ हजारभन्दा बढी रहेको छ ।

तर, कालिकोटको अवस्था भने अझै चुनौतीपूर्ण देखिएको छ । जिल्लाका अधिकांश विद्यार्थी मध्यम ग्रेडमा सीमित भएका छन् भने उल्लेख्य संख्यामा विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् । शिक्षा क्षेत्रमा भौगोलिक विकटता, विषयगत शिक्षकको अभाव, विद्यालयमा पर्याप्त पूर्वाधार नहुनु तथा नियमित पठनपाठन प्रभावित हुनु मुख्य चुनौतीका रूपमा देखिएका छन् ।

विशेषगरी हिमाली तथा ग्रामीण भेगका विद्यालयहरूमा विज्ञान, गणित र अंग्रेजी विषयका दक्ष शिक्षक अभावले विद्यार्थीको सिकाइ स्तर कमजोर बनाउँदै आएको स्थानीय अभिभावकहरू बताउँछन् । कतिपय विद्यालयमा अझै पनि प्रयोगशाला, पुस्तकालय तथा प्रविधिमैत्री शिक्षण प्रणालीको पहुँच नहुँदा विद्यार्थी प्रतिस्पर्धात्मक अध्ययनबाट टाढा हुने गरेका छन् ।

स्थानीय शिक्षा सरोकारवालाहरूका अनुसार विद्यालयमा शिक्षक दरबन्दी भए पनि दुर्गम क्षेत्रमा शिक्षक टिकाउन कठिन हुने गरेको छ । नियमित अनुगमनको अभाव, विद्यार्थीको कमजोर आर्थिक अवस्था तथा अभिभावकको बढ्दो वैदेशिक रोजगारी प्रवृत्तिले पनि विद्यार्थीको अध्ययनमा असर पारिरहेको छ ।
विशेषगरी हिमाली तथा ग्रामीण भेगका विद्यालयहरूमा विज्ञान, गणित र अंग्रेजी विषयका दक्ष शिक्षक अभावले विद्यार्थीको सिकाइ स्तर कमजोर बनाउँदै आएको स्थानीय अभिभावकहरू बताउँछन् । कतिपय विद्यालयमा अझै पनि प्रयोगशाला, पुस्तकालय तथा प्रविधिमैत्री शिक्षण प्रणालीको पहुँच नहुँदा विद्यार्थी प्रतिस्पर्धात्मक अध्ययनबाट टाढा हुने गरेका छन् ।

हर्ष प्रसाद चौलागाई ले जिल्लाको नतिजा सुधारका लागि विद्यालय, शिक्षक र अभिभावकबीच समन्वय आवश्यक रहेको बताए ।
“दुर्गम जिल्लामा स्रोतसाधनको कमी भए पनि मेहनत र नियमित अध्ययनबाट राम्रो नतिजा ल्याउन सकिन्छ । आगामी वर्ष अझ राम्रो नतिजाका लागि विद्यालय अनुगमन, शिक्षक व्यवस्थापन र अतिरिक्त कक्षालाई प्रभावकारी बनाउने तयारी गरेका छौं,” उनले भने ।

यद्यपि, सीमित स्रोतसाधनका बीच डेविट बमले ल्याएको ४ जिपिएले जिल्लाका अन्य विद्यार्थीलाई प्रेरणा दिएको छ ।
विद्यालय प्रशासनले उनको सफलताले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाएको जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटले आगामी वर्ष नतिजा सुधारका लागि विद्यालय अनुगमन, अतिरिक्त कक्षा सञ्चालन, शिक्षक तालिम तथा विद्यार्थी परामर्श कार्यक्रमलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।

शिक्षाविद्हरू भने कालिकोटजस्ता दुर्गम जिल्लामा शिक्षाको गुणस्तर सुधार गर्न केवल परीक्षा केन्द्रित तयारी पर्याप्त नहुने बताउँछन् । दीर्घकालीन सुधारका लागि विद्यालय पूर्वाधार विकास, शिक्षक व्यवस्थापन, डिजिटल शिक्षाको पहुँच र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित