Online News Khabar

रास्काेटबाट वैशाख ७ गतेदेखि ईलाका प्रशासनकाे सेवा सुरू हुदै

887
SHARES
1k
VIEWS
Oplus_16908288

कालिकोट – जिल्लाको रास्कोट नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयबाट सोमबारदेखि सेवा सुरु हुने भएको छ । गत माघ ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ स्थापना भएको कार्यालयबाट पहिलोपटक सेवा सुरु हुन लागेको हो । उक्त कार्यालयबाट अब नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन तथा कार्ड वितरणलगायत काम हुनेछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवाहरूलाई छिटो, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अब रास्कोटबाट प्रदान गरिने बताए । इलाका प्रशासन कार्यालयबाट रास्कोट नगरपालिका र पलाँता, पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिकाका नागरिक लाभान्वित हुने उनले बताए ।
ईलाका प्रशासन कार्यालय स्थापनाकाे लागि यहाका सवै राजनीति दल स्थानीय तहकाे संयुक्त पटक पटककाे प्रयासले गर्दा रास्काेटले ईलाका प्रशासन पाएकाे हाे ।
पटक पटक राजनीति दल, याेजना आयाेग का सदस्य , स्थानीय तहले माग गरेपछि तत्कालीन प्रधानमन्त्री केपि ओलि र गृहमन्त्री रमेश लेखले स्विकृति प्रदान गरेका थिए ।

“यस व्यवस्थाले सेवाग्राहीलाई लामो यात्रा गरी जिल्ला सदरमुकामसम्म आउनुपर्ने झन्झट कम भई सहज रूपमा सेवा प्राप्त हुनेछ । त्यस क्षेत्रका करिब ५० हजार नागरिक लाभान्वित हुनेछन्”, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने ।

रास्कोट नगरप्रमुख धर्मराज शाहीले लामो समयदेखि यस क्षेत्रको नागरिकले राख्दै आएको माग सम्बोधन भएकामा खुसी व्यक्त गरे ।  “यहाँ इलाका प्रशासन कार्यालय राखेर सेवा पाउनुपर्छ भनेर धेरै पहिलेदेखि माग गरिरहेका थियौँ । त्यो माग पूरा भएको छ”, उनले भने, “अब यस क्षेत्रका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले समय, खर्च र त्यससँग जोडिएका अन्य समस्या पनि समाधान हुनेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित