कर्णाली प्रदेश बाल संजालमा पहिलो पटक राउटे बालबालिकाको सहभागिता

कर्णाली प्रदेश बाल संजालमा पहिलो पटक राउटे बालबालिकाको सहभागिता

कालिकोट  – कर्णाली प्रदेश स्तरीय दोश्रो बाल भेलाबाट सुर्खेतकी समीक्षा चौधरीको अध्यक्षतामा २१ सदस्यीय प्रदेश बाल संजालको चयन भएको छ । बालबालिकामा लगानी ः सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ सामाजिक विकास मन्त्रालयको आयोजना र बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशको सहआयोजनामा सम्पन्न भेलाबाट अनुराधा चौलागाई उपाध्यक्ष जुम्ला, अस्मिता खड्का महासचिव दैलेख, रोसन संञ्ज्याल कोषाध्यक्ष कालीकोट र किसन सोडारी सचिव सुर्खेत चयन भएका छन् ।
बाल भेलाबाट सदस्यहरुमा विपना चदारा रुकुम पश्चिम, छिरिंग डोल्मो लामा हुम्ला, बिशाल बुढा डोल्पा, समिरा गौतम जाजरकोट, रितु परियार सल्यान, प्याराजंग बम मुगु, अस्मिता सार्की कालीकोट, सक्सेस बुढा जुम्ला, ममता कसी जाजरकोट, तेजेन्द्र थापा दैलेख, बसन्त नेपाली सुर्खेत, जनजातिबाट हिक्मत तारामी मगर, मुस्लिम समुदायबाट अमान हास्मी, अपांगताबाट सम्झना तिवारीलगायत चयन भए ।
पहिलो पटक बाल भेलामा राउटे समुदायका बालबालिका पनि सहभागी भएको भेलाले  कर्णाली प्रदेशका १० वटै जिल्लाबाट सहभागी भएका बालबालिकाले पहिचान गरेका १८ वटा सवालमा पैरवी गर्न सबै जिल्ला, वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी संजालको गठन भएको कर्णाली प्रदेशमा बालबालिकाको क्षेत्रमा क्रियाशील ३७ वटा संस्था आवद्ध बालअधिकारका लागि साझा अभियान (सिसिआर) कर्णालीका अध्यक्ष टीकाराम आचार्यले बताए । बालबालिकाले पहिचान गरेका सवालबारे सरोकारवालाको ध्यानाकर्षण गरिएको छ । उनले भने अझै पनि बालबालिकाको क्षेत्रमा बजेट कम छुट्याने, विनियोजित बजेट पनि खर्च नगर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । बालबालिकाको भेलामा आफ्ना दुर्इृ जना  बच्चा लिएर आउन पाएकोमा खुशी लागेको अभिभावकको रुपमा आएकी जिका शाहीले बताइन् ।
कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले उद्घाटन सत्रमा बोल्दै बालबालिकाले समुदायबाट पहिचान गरेका बाल विवाह, लागू औषध दुब्यर्सन, बाल श्रम, हिंंसा दुब्यर्वहार, कुपोषण, गुणस्तरीय शिक्षाको कमीलगायतका सवाल सरकारले सम्बोधन गर्न योजना बनाउने प्रतिबद्धता जनाइन् ।
प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले बालबालिकामा लगानी गर्न कर्णाली प्रदेश सरकारले योजना बनाइरहेको जानकारी दिए । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जवाहरलाल हमालको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा गैसस महासंघका केन्द्रयि सचिव गोविन्द वहादुर शाही, प्रदेश बालअधिकार परिषद्का डम्मर रोकायालगायतले शुभकामना दिए ।
कर्णाली प्रदेशमा क्रियाशील विकास साझेदारहरु यूनिसेफ, सेभ द चिल्डेन, प्लान इन्टरनेश्नल, वल्डभिजन, केएर नेपाललगायतको सहयोगमा प्रादेशिक बाल भेला आयोजना गरिउको हो । निर्वाचित पदाधिकारीसहितका सदस्यलाई विहीवारदेखि बालअधिकार, ब्यवस्थापन र पैरवी सम्बन्धी क्षमता अभिबृद्धि तालिम संचालन गरिएको सामाजिक विकास मन्त्रालयका महिला बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले जानकारी दिइन् ।
सम्बन्धित फोटो ः
१ ) कर्णाली प्रदेश बाल संजालका नव निर्वाचित पदाधिकारीसहितका सहभागी ।
तस्विर ः
२सुर्खेतमा आयोजितकर्णाली प्रदेश स्तरीय दोश्रो बाल भेलामा आफ्नो समुदायका बालबालिका ल्याएर संरक्षकको रुपमा सहभागी राउटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित