कालिकोट – बिजाया दशमी तथा तिहारले भड्किदै गइरहेको सदभाव प्रगाट हुदै जानेमा एक कार्यक्रमका सहभागिहरुले शुभकामना दिएका छन ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा जातिय सदभाव र धर्मको नाममा सदभाव भड्किदै गइरहेको भन्दै बिजया दशमी तथा तिहार पर्वले नेपाल नेपाली बिचको सलभावना र भाइचारको सम्वन्ध एक हुनु पर्ने सन्देश दिन शुभकामना दिएका छन ।
नेकपा एमाले कालिकोट जिल्ला कमिटिले सोमवार सदरमुकाम मान्ममा आयोजना गरिएको बडादशै तथा तिहारको शुभकामना आदान पर्दान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो शुभकामना दिएका थिए । पछिल्लो समय नेपालमा जातिय सदभाव कमजोर भएको छ । यसमा सत्यको जितका रुपमा लिएको देवीले विभिन्न जात जाति र धर्ममा रहेका नेपालीलाई एउटै मालामा राखेर सामाजिक सदभाव बढाउन शुभकामना दिए । बडा दशैले नेपालीहरुको मनमा हासो र दुखलाई पार लगाउदै नेपालको स्थायी विकास र सम्वृद्ध ल्याउने पनी बिश्वास व्यक्त गरेका थिए ।
एमाले कालिकोट पाटी अध्यक्ष जसि प्रसाद पाण्डेको सभाअध्यक्षता, नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद् सदस्य धिरबहादुर बमको प्रमुख आतिथ्यता, नेकपा एमालेका प्रदेश कमिटी उपसचिव रमेश कुमार शाहीको विषेश आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेस कालिकोटका पार्टी उपसभापती मिनबहादुर वोगटी, एमाले प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद आचार्य, महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिह, प्रमुख जिल्ला अधिकारी जोरासिह माझी विभिन्न राजनितिक दलका प्रतिनिधि सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थितीमा कार्यक्रम संचालन गरिएको थियो । \
दशै तथा तिहारलाई भड्किलो नबनाई शान्त तथा हर्षउल्लासका साथमा मनाउन हुन प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले आग्रह गरे । दशै तिहारलाई भेघाट तथा तिथामिठा कुराहरुको समीक्षा गर्ने र रचनात्मक क्रियाकलापको योजना बनाउने पर्वका रुपमा लिनु पर्ने माझिको भनाई थियो ।





