कालिकोट – जिल्लाको मान्म बजारमा सनिवार प्रहरीले अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट गरेको छ ।
प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियान अन्तर्गत सनिवार खाँडाचक्र नगरपालिकाको मान्म बजार क्षेत्र भित्र ७० लिटर तयारी अवैध घरेलु मदिरा र ४ सय ४० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटटका प्रहरी निरीक्षक यज्ञराज जोसिले बताउनु भयो
शनिवार जिल्ला प्रहरी कार्यालय कालिकोटबाट छुट्टाछुट्टै खटिएको टोलीले आफ्नो कार्यालयको जिम्मेवारी भित्र पर्ने स्थानबाट तयारी अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको हो ।
दशै तिहारलाई लक्षित गरी बजार अनुगमन संगै अवैध घरेलु मधिरा जफत गरेर नष्ट गरेको हो ।
नियन्त्रणमा लिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई जिल्ला प्रहरी कार्यालय कालिकोटमा स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।





