दुई बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड

दुई बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड

सुर्खेत – छुट्टाछुट्टै घटनामा दुई जना बालकको मुत्यु भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शनिबार विहानैदेखि अशान्त छ ।

वीरेन्द्रनगर नगरपालिका–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रर्दशन गरिरहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा शनिबार विहान कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि उनका आफन्तहरुले वीरेन्द्रनगरको जुम्ला रोडको चारलेन सडक बिहानैदेखि अवरुद्ध गरेका छन् ।

यरीचोकमा केन्द्रित आन्दोलनकारीहरु बजार बन्द गराउँदै हिँडिरहेका छन् । केही आन्दोलनकारीहरु मंगलगढी चोकमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । बजार क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन खोजेपछि आन्दोलनकारी र प्रहरीबीच मंगलगडि चोकमा झडप समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित