अधुरो नमुना वस्ती

अधुरो नमुना वस्ती

कालीकोट- जिल्लाको नरहरिनाथ गाउँपालिका–४ स्थित सुन्दरखालमा नमुना बस्ती बने पनि त्यहाँ आधारभूत सुविधासमेत पुगेको छैन। नमुना बस्ती बनेको दुई वर्ष बिते पनि खानेपानी, विद्यालय, विद्युुत् र बाटोलगायत आवश्यकताको अभाव भएको हो।

साल साउन १३ गते र भदौ ४ गते आएको बाढीपहिरोले नरहरिनाथ गाउँपालिका–४ खाती रुप्सामा आएको बाढीपहिरोपीडितका लागि कर्णाली प्रदेश सरकारले सुन्दरखालमा नमुना बस्ती निर्माण गरेको थियो।

ad
नमुना बस्तीमा १३४ वटा घरपरिवारको बसोबास रहेको त्यहाँ आधारभूत आवश्यकता पूरा नभएको बस्ती विकास समितिका पूर्वअध्यक्ष मनीष देउवाले बताए।

‘विद्यालय बनेको छ। विद्यालयमा भवन नभएर जीर्ण अवस्था छ। खानेपानी, विद्युत्, बाटोसमेत बनेको छैन।’ उनले भने,‘बस्तीमा सरकारी अनुदानबाट घर मात्र बनेका छन्। अन्य कुनै सुविधा पाएका छैनन्।’

सुन्दरखाल नमुना बस्ती अछामको रामारोशन ताल पुग्नका पाँच किलोमिटर मात्र रहेको सडक पुर्‍याउन सकिएमा रारादेखि रोमारोशनसम्म पर्यटकीय मार्ग बन्ने र नमुना बस्तीलाई होम–स्टे (घरवास)का रूपमा प्रयोग गर्न सकिने पूर्वअध्यक्ष देउवाले बताए।

गाउँमा रहेको दीपेन्द्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नमुनामा बस्तीमा सारिएको विद्यालयमा टिनले बारेर अध्ययन गराउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर सहकारीले बताए। ‘अहिले एउटा चारकोठे पक्की बन्न लागेको छ,’ उनले भने, ‘विद्यालयलाई त्यतिले मात्रै विद्यार्थीलाई अध्ययन गराउन सक्ने अवस्था छैन।’

नमुना बस्तीमा पुग्नका लागि राम्रो गोरेटो बाटो पनि नभएको स्थानीय रत्नबहादुर सहकारीले बताए। नमुना बस्तीमा २४० घर बन्नुपर्नेमा अझै ९७ घर बन्न बाँकी रहेको वडाध्यक्ष नन्दराम सहकारीले बताए। ‘विद्यालय भवन, खानेपानीलगायतका समस्या रहेका छन्,’ उनले भने, ‘नमुना बस्ती बनाइएको भए पनि आधारभूत आवश्यकता पूरा हुन सकेको छैन।’by nayapatrika daily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित