कालिकोट – शान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले बालबालिकाका क्षेत्रमा स्थानीय सरकार गम्भीर हुन नसकेकाे बताएकि छन ।
आइतबार सदरमुकाम मान्ममा किर्डाक नेपालले आयाेजना गरेकाे कार्यक्रममा उपाध्यक्ष सिंहले यस्ताे बताइन ।
राज्यले नै संविधानमा व्यवस्था गरेकाे छ । बालबालिका सम्बन्धि नीति नियम बनेका छन तर यसकाे कार्यान्वयन स्थानीय सरकारले गर्न नसकेकाे बताइन । जसले गर्दा सामाजिक कुरिती , बालविवाह , बाल हिंसा, लंगिक विभेद र महिला हिंसा जति राेकिनु पर्ने हाे त्यति नराेकिएकाे बताइन ।
उपाध्यक्ष सिंहले अब स्थानीय सरकारले पनि नीति नियम बनाउनु पर्ने बताईन ।
जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले कालिकोटकाे बिकासमा कर्डाक नेपालकाे भुमिका महत्त्वपूर्ण रहेकाे बताएका छन् ।
आइतबार सदरमुकाम मान्ममा आयाेजित एक कार्यक्रममा बाेल्दै प्रमुख शाहीले यस्ताे बताएका हुन ।
सरकार संगै किर्डाक नेपालले पुर्याएकाे याेगदान प्रति धन्यवाद दिएका थिए ।
भाैतिक संरचनाको विकास संगै सामाजिक क्षेत्रमा राम्रो काम गरेकाे बताए ।
साथै प्रमुख शाहीले कालिकोटमा देखिएकाे बालविवाह न्युनिकरण , बाल संरक्षणमा स्थानीय सरकारले पनि नितिगत निर्णय गर्नु पनि निर्देशन दिएका थिए ।
यस्तै कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिले बालबालिका सम्बन्धि एैन नियम नेपालकाे संविधानमा समेत लेखिएको छ । यसकाे कार्यान्वयन गर्न गैरसरकारी संघ संस्थाहरूले मात्र हैन सरकारले जिम्मेवार हुनु पर्ने बताए ।
यस्तै विशेष अतिथि खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाहीले अवकाे बिकास देखिने क्षेत्रमा मात्र हैन सामाजिक जागरण र जन जनजिविकाका सवालमा हुनु पर्ने बताए ।
किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेकाे अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीकाे प्रमुख आतिथ्यता, खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिकाे विषेश आथिथ्यता,शान्नि त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह, महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल, नरहरीनाथ गाउँपालिका उपाध्यक्ष कमलकुमार शाह, शिक्षा विकास तथा इकाई कार्यालयका प्रमुख प्रकाशचन्द धिताल प्रहरी पत्रकार र तिलागुफा, शुभकालिका,रास्काेट, शान्नि त्रिवेणी र महावै गाउँ पालिकाका जनप्रतिनिधिकाे उपस्थितिमा कार्यशाला गाेष्ठी संचालन भएकाे थियाे ।सेभद चिल्ड्रेनकाे सहयाेग र किर्डाक नेपालकाे आयोजनामा दुइदिने गाेष्ठी संचालन भएकाे थियाे ।





