कर्णाली बदल्ने सपनामा गठबन्धनले ठेस लगायाे: भुपेन्दजंग शाही

कर्णाली बदल्ने सपनामा गठबन्धनले ठेस लगायाे: भुपेन्दजंग शाही

कालिकोट – नेपाली कांग्रेसका नेता भुपेन्दजंग शाहीले सत्ताधारी नामकाे गठबन्धनले आफुलाई कर्णाली बदल्ने सपनामा ठेस लगाएकाे आराेप लगायका छन ।

उनले सामाजिक संञ्जाल फेसवुकमा यस्ताे अभिव्यक्ति दिएका छन…….

मैले टिकट नपायको भन्ने होइन षड्यन्त्र पुर्बक मेरो निर्वाचन क्षेत्र कालिकोट माओवादीको भागमा पारियो।
म दुइ दुइ पटक संघीय सांसद को उम्मेदवार भैसकेको कालिकोटको क्षेत्रलाइ गठबन्धन को नाममा माओवादीलाई बुझाउने काम गरियो यति मात्रै होइन संघ को क्षेत्र माओवादीलाइ बुझाइ सकेपछि पुनः मेरो प्रदेश क्षेत्र पनि षड्यन्त्र पुर्बक त्यहि माओवादी कै पोल्टामा पार्ने काम गरियो।
मलाइ हर तरह वाट रोक्ने, छेक्ने , तह लाउने, मेरो राजनीतिक हत्या गर्ने र मलाई उम्मेदवार बन्न रोकेर कालिकोट कर्णाली र युवाका आवाज हरुलाई बन्द गर्न खोजियो । मलाई कुनै पद नपाएर दुख लागेको होइन मलाई कालिकोट कर्णाली बदल्ने मेरो सपनामा ठेस लागेकोमा मन भारि भएको मात्र हो।
मलाई पार्टि र गठबन्धनले घोर अन्याय गरे पनि जस्तो सुकै पिडा शहदै, कठिन परिस्थिति लाइ झेल्दै, धैर्यता पुर्बक अविचलित भयर पार्टि भित्र किनारामा परेका पिडा भोगिरहेका साथिहरुको न्यायको लडाइ लड्दै पार्टि भित्रै सङ्घर्स गरेर अगाडि बढ्ने सङ्कल्प गर्दछु । जय नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित