अवरुद्ध कर्णाली राजमार्ग ३ दिन पछी खुल्यो

अवरुद्ध कर्णाली राजमार्ग ३ दिन पछी खुल्यो

 

कालिकोट-   तीन दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । सुर्खेत(जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको शुभकालिका(१ गगने खोलामा गएको पहिरोसँगै खसेको ठूलो ढुंगा जेसेवीले फुटाउन नसक्दा नेपाली सेनाले बिस्पोट गरेर फुटाएपछी आज माध्यान्न १२ बजेदेखी राजमार्ग पुर्णरुपमा खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

बाटो बन्द हुदा बाटैभरी लाम लागेका गाडी तथा स्याउ बोकेका गाडीहरु गुडेन थालेका छन । ३ दिनसम्म बाटो बन्द हुदा यात्रुले सास्ती खेप्नु परेको थियो । जहिलै वर्षायाममा यो खोलामा पहिरो आउदा राजमार्ग अवरुद्ध हुने गरेको छ । यसको दिगो सावधानको लागी अहिलेसम्म कुनै पहल हुन सकिरहेकोे छैन ।बाटो खुलाउन जिल्ला प्रशासन कालिकोट, प्रहरी कार्यालय, नेपाली सेना, सडक डिभिजन कार्यालय लगायतको सक्रियतामा बाटो खुलेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित