कालिकोट- जनचेतना बहुमुखी क्याम्पसको स्ववियु सभापतीका लागी सत्तारुढ गठबन्दनबाट अमराज वरालको उम्मेद्धारी दर्ता भएको छ । दुवै संगठनको तर्फबाट सभापतीको लागी अखिलबाट अमराज वराललाई अगाडी सारेको हो ।
सत्तारुढ दल नेपाली कांगे्रसको भातृ संगठन नेपाल बिद्यार्थी संघ र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले कालिकोटमा मिलेर लड्ने भएको हो । त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत कालिकोटका दुईवटा क्याम्पस नन्दादेवी बहुमुखी क्याम्पसमा नेविसंघले नेतृत्व गर्ने र जनचेतनामा अनेरास्ववियुले नेतृत्व गर्ने गरी मिलेर चुनाव लड्ने भएको हो ।
मंगलबार अनेरास्ववियुका प्रदेश सचिव धर्मराज शाही नेबिसंघका जिल्ला अध्यक्ष दिर्घराज शाही लगायतका संगठनका नेताहरुको उपस्थितीमा उम्मेद्धावारी दर्ता गरेका हुन ।
जनचेतनामा सभापतीमा अमराज वराल, सचिवमा नेबिसंघबाट रमेश बुढा र कोषाध्यक्षमा बिन्दा शाहीले उम्मेदवारी दर्ता गरेका छन ।
यस्तै सभापतीमा नेकपा माओवादी केन्द्रको भात्रृ संगठन अखिल क्रान्तिकारीबाट बसराज बोहोराले उम्मेद्धवारी दर्ता गरेका छन । सचिवमा धुव्रराज संज्याल र कोषध्यक्षमा अग्रिजा आचार्यले दर्ता गरेका छन ।
जनचेतनामा समाजवादी मोचालाई पराजय गरी नेबिसंघ र अखिलको संयुक्त प्यान अत्याधिक मतले बिजयी हुने नेबिसंघका जिल्ला अध्यक्ष दिर्घराज शाहीले बताए ।
उनले भने हाम्रो प्यानलको उम्मेदवार रास्कोट बलियो र सक्षम भएकाले पनी चुनाव बहुमतले जित्ने दावि गरे ।
उता समाजवादी मोर्चाले पनी सत्तारुढ गठबन्दको टिमलाई पराजय गर्ने दावि गरेको छ ।
उता नन्दादेवी बहुमुखी क्याम्पसमा सत्तारुढ दलको तर्फबाट सभापतीमा तेजबहादुर दर्जी अखिलबाट सचिवमा सुनिलकुमार सहकारी कोषध्यषमा संगिता कुमारी सहकारीले दर्ता गरेका छन ।
अखिलका नेता जलशा कुमारी वुढा र जिल्ला अध्यक्ष पसल बम लगायतको टोलीको उपस्थितीमा उम्मेदवारी दर्ता गरिएको जिल्ला अध्यक्ष पसल बमदे बताए । उनका अनुसार अत्याधिक मतले नेबिसंघ र अखिलको संयुक्त प्यान बिजयी हुने ठोकुवा गरे ।
Discussion about this post