Online News Khabar

जरामै पुग्दै एमाले कालिकोट

893
SHARES
1.1k
VIEWS

कालिकोट- नेकपा एमाले केन्द्रीय कमिटीले संगठन विस्तार अभियान अन्तर्गत वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेपछी एमाले कालिकोट यतिवेला टोल घर आँगन मै केन्दित बनेको छ ।
फाल्गुण १ गतेदेखी ९ वटै स्थानिय तहमा वैठक र वडा केन्द्रित अभियान संचालन गर्ने जिल्ला कमीटीको वैठकले निर्णय गरेपछी केन्द्रिय सदस्य नगेन्द्र शाही, इन्दिरा संज्याल, प्रदेश कमिटी, जिल्ला र पालिकाका पधाधिकारी लगायतको टोली अहिले गाउँ केन्द्रित अभियानमा जुटेको छ ।

एमालेले तीन महिने अभियानलाई ‘जरा केन्द्रित’ अभियानको रूपमा समेत चिनाउने प्रयास गरेको छ उक्त अभियानअन्तर्गत टोलसम्म पार्टी कमिटी विस्तार गर्ने र सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने गरी अहिले गाउँमा भेलातथा छलफल भइरहेको नेकपा एमाले पाटि सचिव पुष्पराज आचार्यले बताए ।

‘अव वडाभन्दा तल्लो तह मानिने टोलसम्मै एमालेको संगठन र कमिटी विस्तार हुन्छ’, सचिव आचार्यले भने, ‘अबको तीन महिना नेता कार्यकर्ता जनताका बिचमा गएर उनीहरूका समस्या बुझ्दै संगठनका काम गर्नु पर्ने बताए ।

 

बिगत १५ वर्षदेखी संघिय प्रतिनिधि जित्दै आएको नेकपा माओवादी केन्द्रलाई पराजित गर्न मात्र हैन ९ वटै स्थानिय तह एक्लै भएपनी जित्ने योजनाका साथ कालिकोट एमाले लागेको केन्द्रिय सदस्य नगेन्द्र शाहीले बताए ।
एमालेले अहिले जरा संगठनका रूपमा रहेको टोल तहसम्मका पार्टी प्रणालीमा पुगेर समस्याको पहिचान गर्र्दै रोग पत्ता लगाई उपचार गर्ने अभियान चलाएको छ । जराहरू स्वस्थ, निरोगी र सञ्चालित भए भने पार्टीका हाँगा, डाँठ र पातहरू पनि निरोगी र बलिया हुन्छन् । जराहरू नै कमजोर र अस्वस्थ भए हाँगा, डाँठ र पातहरू पनि स्वतः पहेलिँदै जान्छन् । जराहरूलाई माया गर्दै निरोगी बनाउने अभियानमा यतिबेला नेकपा एमालेको सिंगो पार्टी पंक्ति परिचालित छ । पछिल्ला समय जराहरूलाई बेवास्ता गरेको, जरा संगठनलाई यथोचित ध्यान नदिएको र पार्टीमा टपर्टुय्याँ तथा स्वार्थ केन्द्रित प्रवृत्ति हावी हुन थालेपछि यसको निदानका लागि जरा अभियान सञ्चालनमा ल्याइएको हो शाहीले भने ।

गएको स्थानीय तहको उपनिर्वाचनको परिणामबाट झस्किएको एमालेले पार्टीको जराका रूपमा रहेको टोलस्तरका संगठनहरूमा ध्यान दिएको छ । जराहरू कमजोर भएका कारण परिणाम सुखद र आशातित प्राप्त नभएको निष्कर्ष एमालेले निकाल्यो । हाँगा र पातहरूमा अनेकखालका विकृतिहरू फैलिन थालेपछि पार्टी थेग्न पार्टीको आधारभूत तहको इकाइ जराहरू शिथिल र रोगी बन्न थाले । एकातिर यस्तो अवस्था देखाप¥यो भने अर्कोतर्फ केन्द्रीय नेताहरू विभिन्न बहानामा केन्द्रकै वरिपरि, प्रदेशका नेताहरू शहरमै, स्थानीय नेताहरू जिल्ला सदरमुकाम वरिपरि केन्द्रित हुने प्रवृत्तिका कारण पार्टी र जनताबीचको सम्बन्ध पातलिँदै जाँदा पार्टीको साँगठनिक र वैचारिक काम कमजोर हुन पुगेजस्तो देखिन्छ । अव यो अभियानले सवै समस्याको हल हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित