कालिकोट – नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री जिवनबहादुर शाहीलाई कर्णाली बासिले भव्य अभिनन्दन गरेका छन ।
पर्यटनमन्त्री हुदा वाईटबडी जहाज खरिदमा अनियमितता गरेकाे मुद्दा परेपछि शाही निलम्बनमा परेका थिए ।
अदालतले शाहीलाई दाेसि नभएकाे भनी सफाई दिएपछि गृह जिल्ला हुम्ला सहित अन्य जिल्लामा भव्य अभिनन्दन गरेका थिए ।
हुम्लादेखि मुगु लगायतका जिल्ला हुदै मंगलबार कालिकोटको जनसभामा पुगेर नेता कार्यकर्ता भेट्दै बुधवार सदरमुकाम मान्ममा पुगेका शाहीलाई जिल्लाका नेता कार्यकर्ताले बाजागाजा सहित अभिनन्दन गरेका छन।
पुर्व मन्त्री शाही संगै खानेपानी तथा जलस्राेत मन्त्री बिजया वुढा, प्रदेश याेजना आयाेगका सदस्य मा. अशाेकनाथ याेगी कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली लगायतका नेताहरू पुगेका छन ।
पाटिगत छलफल र भेटभाटपछी प्रेस युनियन नेपालले पत्रकार भेटघाटकाे आयाेजना गरेकाे थियाे ।
पत्रकार भेटघाटमा पत्रकारले वाइडवडी जहाज खरिदमा अनियमितता , न्यायलयकाे सफाईपछी वर्तमान सरकार फेरबदल , लगायतका बिषयमा प्रश्न राखेका थिए । पत्रकारका प्रश्नकाे जवाफ दिदै पुर्व मुख्यमन्त्री समेत रहेका शाहीले आफुलाई बदनियतले फसाउन खाजेकाे आराेप लगाए ।
जहाज खरिदमा आफ्नाे निर्देशन पनि थिएन र संलग्नता पनि थिएन कसले मेराे नामाा मुद्दा हालेछ । अहिले न्याय पाएकाे छु । साविककाे कर्णाली वासिकाे आश्रवादलिदै भेटघाटमा दाैडिएकाे छु शाहीले भने ।
तपाई मन्त्री भएकाे वेला कर्णालीमा गाैरवका आयाेजना के ल्याउनु भयाे ? पत्रकारको प्रश्नमा उनले करिडोरमा थप वजेट,सुनथराली एयरपोर्ट संचालनका लागि परिक्षण उडान, खुलालु पुलकाे वजेट सहित पहल लगायतका कामहरू अगाडि बढाए ।
कर्णालीकाे मुख्यमन्त्री भएकाे केही दिनमै मलाई मुद्दा हालियाे काम गर्ने समय भएन । काम गर्ने अवसर जनताले दिएपनि वैरि सत्रुले फसाउन खाजे तर अन्तमा जनताकाे जित भयाे ।
यसैगरि प्रदेश याेजना आयाेगकाे सदस्य रहदा कर्णाली र कालिकोटमा रणनीतिक याेजना के छन भनि पत्रकारकाे प्रश्नमा मा. सदस्य अशाेकनाथ याेगिले
जिम्मेवारी पाए पश्चात् आयाेग लाई आयाेग जस्ताे बनाउने अभियानमा लागेकाे छु ! ब्याप्त निराशा लाई चिरेर आशा जगाउनु छ !
माननीय सदस्य भनेर गजक्क बस्नु छैन परिणाममुखि काम गर्नुछ :
दाेश्राे पंचबर्षिय याेजना छिट्टै नै कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदले स्वीकृति गरे पश्चात् ५ बर्यसम्म लागू हुनेछ !!!
पुर्बाधार,धार्मिक पर्यटन,कृषि उत्पादन र राेजगार अनि डिजिटल कर्नाली लाई जाेड दिईएकाे छ !!!
सुशासन, सामाजिक न्याय र समृद्ध कर्नालीकाे ५ बर्षे साेच तय गरिएकाे छ।
नेपाली कांग्रेस र नेकपा एमालेकाे संयुक्त सरकारकाे नेतृत्व मुख्यमन्त्री माननीय यामलाल कँडेल ज्यूले गरि राख्नु भएकाे छ । नेपाली कांग्रेस पाटीका तर्फबाट नेतृत्वले मलाई बिज्ञ सदस्यकाे रूपमा सिफारिस गरेपश्चात २३ गतेकाे कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय मन्त्री परिषद् काे निर्णय भै श्रावण २४ गते सपथ ग्रहण गरेकाे थिएँ ।
जिल्लामा आउने अवसर जुरेकाे थिएन कामलाई प्राथमिकता दिएकाे छ ।
पत्रकार सम्मेलनकाे अध्यक्षता प्रेस युनियनका जिल्ला अध्यक्ष नमराज याेगिकाे रहेकाे थियाे भने उपाध्यक्ष पुष्पराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए । संचालन सचिव रमेश बाेगटिले गरेका थिए ।
फाेटाे :
पत्रकार भेटघाट कार्यक्रम
Discussion about this post