Online News Khabar

कर्णाली प्रदेश योजना आयोगमा कालिकाेटबाट सामाजिक अभियन्ता अशाेकनाथ याेगी नियुक्त

907
SHARES
1.1k
VIEWS

कालिकोट –
कर्णाली प्रदेश योजना आयोगको सदस्य पदमा रास्काेट नगरपालिका ३ का अशोक नाथ योगी नियूक्त भएका छन । बिगत ३ दशक लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएका योगी प्रदेश योजना आयोगको सदस्य पदमा नियूक्त भएका हुन । कर्णाली प्रदेशको समग्र विकासका लागि र कर्णाली वासीको जिवन स्तर उकासेर समृद्व कर्नाली र सुखारी कर्नाली बासीकाे नारा लाई पुर्णता दिने याेजना निर्माण गनें मुख्य दायित्वमा योगी पुगेका छन । सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका संस्थापक अध्यक्ष समेत रहेका योगीले विगतमा सन १९९८ देखि विभिन्न क्षेत्रवाट सामाजिक परिवर्तनमा योगदान पुगाएका थिए ।
नेपाली कांग्रेस पाटीका तर्फबाट नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सूचना,संचार तथा प्रचार प्रसार बिभागका केन्द्रीय सदस्य र लाेकतान्त्रिक गैह्र सरकारी संस्था महासंघकाे केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १ दर्जन भन्दा बढी संजालमा रहेका काम गरि अनुभव बटुलेका याेगीकाे क्षमता र याेग्यताकाे अनि योगदानको कदर गर्दे कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियूक्त गरेको हो । कर्णाली प्रदेशलाई विकासकाे नवीन माेडेल तिर लैजान, दिर्घकालिन योजना निर्माण देखि शुसाशन कायम गर्नका लागि उनले महत्वपुर्ण भुमीका निर्वाह गर्ने सबैको अपेक्षा छ ।
उनले विभिन्न क्षेत्रमा काम गरेको अनुभवका आधारमा पनि प्रदेश योजना आयोगको सदस्य पदमा रहेर कर्णाली प्रदेशको विकासमा ठूलो भुमीका खेल्ने आम नागरिकहरुको अपेक्षा रहेको छ । योगी सदस्य पदमा नियूक्त भएसँगै सामाजिक संजाल मार्फत शुभकामना दिनेहरुले याेगी लाई सिफारिस गनें नेपाली कांग्रेस पाटीले समेत समुदाय र बिकास बुझेकाे एक शशक्त अभियन्ता लाई छनाैट गरि पठाएकाेमा नेपाली कांग्रेस पाटीले समेत नबिनता प्रदान गर्न खाजेकाे बहस भएकाे पाईन्छ !
आशाबादी हुँदै कर्णाली प्रदेशलाई विकासको गतिमा लिनु पर्ने र त्यसको जिम्मेवारी एउटा सक्षम व्यक्तीको हातमा आएको बताएका छन । उनले विकास निर्माण सँगै शुसाशन स्थापना, सामाजिक विकृति विसंगतिको अन्त्य, कमिसनमा आउने योजना अन्त्य गरि कर्णाली वासीको जिवन स्तर उकास्ने कुरामा ध्यान दिन समेत आग्रह गरेका छन ।
सदस्य पदमा नियूक्त भएका योगीले सपथ खादा खेरिकाे वाक्य स्मरण गर्दे कोही कसैको प्रलोभन र दवावमा नपरी समग्र कर्णाली बासीको जिवन स्तर उकास्ने तर्फ आफु लाग्ने बताएका छन ।
१०,१५,२० बर्षका लागि चाहिने कर्नालीकाे दिगाे बिकासकाे आधार तयार गरिने र संयन्त्र बलियाे बनाउन तिर लाग्ने साना तिना टुक्रे र खुद्रे याेजना भन्दा गाैरबका आयाेजनाहरू र माेडेल आयाेजना हरू संचालन गर्न पहल गरिने कर्नालीमा लगानी कर्ता र दातृ निकाय लाई आकर्षित गनें कर्नाली लगानी सम्मेलनकाे तयारीका लागि आबश्यक प्रकृया पूरा गर्न सुझाब दिने कार्यन्वयनमा रहेका आयाेजनाकाे प्रभाबकारी कार्यन्वयनका लागि अनुगमन,शुशाशनकाे प्रत्याभूति हुने गरि समय सापेक्ष नीति बनाईने युवा मैत्री,बालबालिका मैत्री लक्षित समुदाय मैत्री नीति तथा कार्यक्रम र याेजना बन्न जरूरी रहेकाे भन्दै याेगीले
कर्णाली प्रदेसका नागरिकहरुको जिवन स्तर मैले राम्रो सँग नियालेको छु ।३ खम्बे अर्थ नीति बुझेकाे छु ! अब कर्नाली का समस्या मात्र बेच्ने अनि अप्ठ्यारो देखाएर उम्किने हाेईन ? अब सम्भाबना नै सम्भाबना बाेकेकाे कर्नाली मा सम्भाबनाका शिखर हरू तयार गनें गरि जग बसाल्ने र अस्त ब्यस्त हाेईन आश्वस्त पार्ने विशेष बजेट र याेजना चाहिएकाे चिरकुटामा टिपाउने र उपभाेकताबादी याेजनाहरू भन्दा आबश्यकताका आधारमा दाेहाेराे पन नहुने गरि र श्राेत काे दुरूपयाेग नहुने गरि अगाढी बढिनेछ !
कर्नाली , याेजना आयाेग ३ वटै शब्दकाे गरिमा भएकाेले पदिय गरिमा अनुसार कार्य सम्पादन गरिने भराेशा टुट्न नदिने बताए
कर्णालीका नागरिककको अबस्था दयनिय छ कर्नाली भित्रका कर्नाली पनि पनि छन धार्मिक पर्यटकिय सर्किट निर्माण गर्न सकेमा जल जंगल,जटिबुटी र जनशक्तिकाे सहि सदुपयाेग गरेर सुनकाे सिरानीमा सुतेर नुनकाे र तरकारीकाे जाेहाे गर्न भाैतारिने अबस्थाकाे अन्त्य गर्नका लागि पहलकदमी लिईनेछ ! कर्नाली बिराट सम्भाबनाकाे खानी हाे
जसकाे पहिचान र परिचालन हुन सकिरहेकाे छैन अलमल छ निराशा छ
आर्थिक स्थीती पनि कमजोर छ । अव मानव बिकास सुचांक बृद्वि गरि बिनियाेजित बजेटकाे सदुपयाेग गनें रणनीति, नीति र कार्ययाेजना बनाएर जनताकाे आम्दानी बढाउदै युवाहरूलाई आय आर्जनमा जाेड्दै कर्णाली वासीको जिवन स्तर उकास्नका लागि र आर्थिक स्थिती बृद्धि गर्नका लागि विशेष योजना बनाउने उनले बताए ।
कर्णाली प्रदेशलाई समृद्ध बनाउनका लागि दिर्घकालिन रणनितिक योजना बनाइने र जनताको आवश्यकता अनुसार योजना निर्माण गर्ने योगीले बताए । कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं. ३ निवासी योगी प्रदेश योजना आयोगको सदस्य पदमा नियूक्त हुनु कालिकोट वासीको लागि ठूलो खुसीको कुरा भएको स्थानिय बासीले बताएका छन ।
कर्णालीको विकास र समृद्धिका लागि काम गर्ने अवसर आएको र उनले यो अवसरलाई सदुपयोग गर्ने समेत विश्वास लिइएको छ । कर्णाली प्रदेश विकट छ । कर्णालीवासीका थुप्रै आवश्यकताहरु छन । विकट कर्णालीका नागरिकहरुलाई सुखको अनुभुती दिलाउनु पर्ने र वास्तविक जनताको आवश्यकतालाई पहिचान गर्नु पर्ने कर्नालीका नागरिकको माग छ ।
आफु यो पदमा रहे सम्म ईमान्दारिताका साथ रातादिन खटेर कर्णालीको मुहार फेर्नका लागि सरकारलाई सफल बनाउनका लागि सरकारकाे अग्रसरता र प्राथमिकतामा विभिन्न निकाय सँग समन्वय गरेर अगाडि बढ्ने योगीले बताए । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैले एक आपसमा हातेमालो गरि सकरात्मक साेचका साथ रचनात्मक सुझाव सल्लाह दिन समेत सबैमा आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित