हस्त चौलागाँई
कालिकोट
बाल संरक्षणका लागि श्रोत तथा सेवाहरु नक्साङकन सम्वन्धी सरोकारवालहरुसंग सदरमुकाम मान्ममा एकदिने अन्र्तक्रिया गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपाल कालिकोटद्धारा संचालित शसक्त बालिका परियोजना अन्र्तगत अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा परियोजना लागु भएका जिल्लाको नरहरीनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका बालवालिकाको क्षेत्रमा काम गर्ने, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, किशोर तथा किशोरी समुहका प्रमुख तथा प्रतिनिधि तथा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितमा कार्यक्रम गरिएको हो ।
नरहरीनाथ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम विष्टको अध्यक्षता,प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका सदस्य अजय बम, नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष अमलराज शाही लगायतका जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा अन्र्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले अहिलेको आवश्यकता बालबालिकामा अनिवार्य लगानी गर्नु पर्ने बताए । बालबालिकाका अधिकार के के छन ? यस सम्बन्धी पहिला त जानकारी पाउन आवश्यक रहेको बताउदै स्थानिय सरकारले पनी बाल संरक्षणमा वजेट सहितको निति तथा कार्यक्रम बनाउनु पर्ने बताए ।
कालिकोटमा बालबिवाहको डरलाग्दो अवस्थाबाट केही सुधारत भएको छ तर, केही बाधा र चुनौति रहेको बताए । नेपालको कानुनमा १६ वर्ष पछी नेपाली नागरिकता, १८ वर्षमा मताधिकार र २० वर्ष पछी मात्र बिवाह गर्ने उमेर बनाएको छ तर, यहाँ १५ वर्षमै बिवाह गरेर १७ वर्षमा बच्चा जन्माउने गरेका छन् ।
कार्यक्रममा जिल्ला बारका अध्यक्ष अमलराज शाहीले बाल बिवाह गरेमा कानुनी बाटो आफ्नो पाटोमा छन र पनी बालविवाह गराईदिए दश वर्ष माथीका बालबालिकालाई केही हदसम्म मात्र कानुन लाग्ने प्रावधान छ । बाल सरक्षणमा अभिभावक देखी राज्यनै उदासिन रहेको उनको भनाई छ ।
यसैगगरी किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलराम पाण्डेले बालसंरक्षणमा अभिभावक देखी राज्यले चासो र चिन्ता हुनु पर्ने बताए । कालिकोटमा पछिल्लो समयमा मागी बिवाह घटेको र भागी बिवाह बढेको समेत बताएका थिए । बालवालिकाका क्षेत्र, भौतिक संरचना समेतमा किर्डाक नेपालले बिगत लामो समयदेखी कालिकोट लगायतका क्षेत्रमा काम गर्दै आइरहेको बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकास केसीले चालु आर्थिक वर्षमा ९ वटा जवरजस्ती, ७ वटा बालबिवाह, २२ वटा घरेलु हिंसा सम्बन्धीका मुद्धा र १ जातिय बिभेद सम्बन्धीका मुद्धा दर्ता भएको बताए ।
यस्तै कार्यक्रममा शसक्त बालिका परियोजनाका परियोजना संयोजक बलिराज शाहिले बालसंरक्षणमा विषेश गरी सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा पोषण र खाद्य अधिकार सम्बन्धी काम गर्दै आइरहेको बताए ।






