Online News Khabar

रास्कोटमा खाद्य डिपो स्थापना

873
SHARES
1k
VIEWS

कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डिपो स्थापना गरेको हो ।

खाद्यान्नका लागि सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मान्म जानुपर्ने नागरिकको बाध्यता अन्त्य गर्न नगरपालिकामा नै खाद्य डिपोको स्थापना गरिएको हो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्न उद्देश्यका साथ खाद्य डिपो सञ्चालनमा ल्याएको नगरपालिकाका उपप्रमुख मनीराज बरालले बताए ।

“खाद्य डिपो सञ्चालनमा आएसँगै आम नागरिकलाई सहज खाद्यान्न आपूर्ति र उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणमा सुनिश्चितता भएको छ”, उनले भने, “खाद्य सुरक्षाको सुनिश्चततामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपोको स्थापना गरिएको छ ।”

सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले पाँचदेखि सात प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्ने उप-प्रमुख बरालले बताए । “यो खाद्य डिपोबाट सान्नी त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका बासिन्दालाई खाद्यान्न खरिदमा सहज हुनेछ”, उनले भने, “डिपो स्थापनाले करिब १० हजार घरधुरी लाभान्वित हुनेछन् ।”

गाउँमै खाद्य डिपो खुलेर सस्तोमा खाद्यान्न पाइने भएपछि खुसी लागेको रास्कोट नगरपालिका-३ का अम्ती सार्कीले बताए । “पहिलो थोरै खाद्यान्न खरिद गर्न सदरमुकाम जानुपर्ने बाध्यता थियो”, उनले भने, “गाउँमा खाद्य डिपो स्थापना भएकाले सहज भएको छ ।” नगरमै खाद्य डिपो सञ्चालन गरी सस्तो मूल्यमा खाद्यान्य सामग्री पाइने भएपछि स्थानीय उत्साहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित