Online News Khabar

युनिकोड

कर्णालीमा मुख्यमन्त्री कँडेल हुने भएपछी कालिकोटमा तरंग

885
SHARES
1k
VIEWS

कालिकोट – कर्णाली प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले पाउदा एमाले कालिकोटमा उत्साह थपिएको छ ।
कँडेल मुख्यमन्त्री हुने पक्का भएपछी नेकपा एमाले कालिकोटको ११ औँ जिल्ला अधिवेशन समेत प्रभावित भएको छ ।
केन्द्रको नँया सहमती अनुसार यस अघी नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले राजिनामा दिन तयार भएपछी एमालेको भागमा परेको कर्णालीबाट संसदियदलका नेता कँडेल मुख्यमन्त्री बन्ने भएका छन ् ।
कँडेल म्ुख्यमन्त्री बन्ने भएपछी कालिकोट नेतृत्व चयनका लागी प्रभाव बढेको हो ।

नेकपा एमालेको ११ औँ जिल्ला अधिवेशन सदरमुकाम मान्ममा बुधवार उद्द्धाटन गरिएको छ । जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेको अध्यक्षतामा सुरु गरिएको अधिवेशनको कर्णाली प्रदेश कमिटिका इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा सुरु गरिएको छ ।
अधिवेशनले नेयाँ नेतृत्व चयन हुने भएपछी अहिले जिल्ला भरीबाट छानिएर आएका प्रतिनिधि जिल्ला सदरमुकामा मान्ममा केन्दित छन । सहमतिमै नेतृत्व छान्न नेताहरुले कोशिस गर्ने एमाले सा्रेतले जनाएको छ । केही दिनदेखी सर्वसहमती को प्रयास जारी रहेको छ ।
सहमती नभएमा अन्तत निर्वाचनमा भिड्ने प्रवल सम्भावना रहेको एक नेताले बताए । सहमती नभएमा चुनावमै जान परेको खण्डमा अहिले जिल्लामा दुई समुह समुह निर्माण भएका छन । वर्तमान उपाध्यक्ष दयाराम सिम्खडा र तुलाराज मल्लको टिम बनेको छ ।
सिम्खाडा र मल्ल संस्थापन टिमकै हुन । चुनावमै जाने संकेत देखिएपछी अहिले मल्ल र सिम्खडा बिभाजित भएर चुनावमै भिड्ने देखिएको छ ।
प्रदेशमा एमलाल कँडेल र गुलावजंग शाहको टिमबाट दयाराम सिम्खडा अध्यक्ष, अध्यक्षको दावी गरिरहेका कमलकुमार शाही उपाध्यक्ष, खडानन्द चौलागाई सचिव र उपसचिवको पदमा उम्मेदवार छान्न सकेको छैन ।
यस्तै गोरख वोगटी निकटबाट अध्यक्षमा तुलाराज मल्ल, सचिवमा पुष्पराज आचार्य,उपाध्यक्षमा टेकबहादुर बुढा र उपसचिव पदमा उम्मेदवार छान्न सकेको छैन ।
अध्यक्षका उम्मेदवार सिम्खडाको पक्षमा पुर्वमन्त्री प्रेमबहादुर सिंह, केन्द्रिय सदस्य इन्दिरा संज्याल, नेता काशीचन्द वराल,रमेश कुमार शाही, प्रदेश सदस्य पार्वती सिंह, तपेन्द्र शाही, कृष्नप्रसाद आचार्य महेन्द्र शाही, सिता शाही, राजबहादुर बम, बेलाकोशा शाही, पंखबहादुर मल्ल, पुत्र मल्ल, युवा नेता लक्ष्मणबहादुर बम, नेता धिरबहादुर बम,भरत धिताल लगायतका नेता रहेका छन भने, तुलाराज मल्लको पक्षमा केन्द्रिय सदस्य नगेन्द शाही, दक्षिणा शाही, नेता कुर्मराज शाही,मिनबहादुर शाही, वर्तमान अध्यक्ष जसीप्रसाद पाण्डे टेकबहादुर वोगटी लगायतका नेताको साथ रहेको देखिन्छ ।
कर्णालीमा मुख्यमन्त्री एमलाल कँडेलले पाउने पक्का भएपछी कालिकोटको राजनीतीमा फेरबदल भएको छ । प्रदेश सरकारको नेतृत्व परिर्वतन संगै कंडेल समु्हका सिम्खाडाको पल्लाभारी हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित