कालिकोट – उद्योग वाणिज्य संघ कालिकोटको २१ अाै चुनावी साधारणसभा मान्ममा उद्घाटन गरिएको छ ।
जिल्ला अध्यक्ष रतनबहादुर शाहीकाे सभा अध्यक्षता, संविधान सभा सदस्य तुलाराज विष्टकाे प्रमुख आतिथ्यता,
पुर्व मन्त्री तथा एमाले नेता कुर्मराज शाहीकाे बिषेश आतिथ्यता खाँडाचक नगरपालिका प्रमुख कमलबहादुर शाही , महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, शुभकालिका गाउँपालिका अध्यक्ष गाेविन्द आचार्यकाे बिषेश आतिथ्यता र राजनिती दलका प्रमुख तथा प्रतिनिधि व्यापारी काे सहभागीतामा सभाकाे उद्घाटन गरिएको हाे ।
चुनावी साधारण सभाले अव अाउने नयाँ नेतृत्वकाे लागी सर्वसहमत रूपमा नेतृत्व ल्याउन प्रमुख अतिथि लगायतका सहभागी सुभकामना र सुझाव दिएका थिए ।
Discussion about this post