Online News Khabar

३ वर्ष भित्र पार्टीलाई चन्दामुक्त बनाउछौ ः महासचिव बिप्लव

885
SHARES
1k
VIEWS

कालिकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रम चन्द्र बिप्लवले अवको ३ वर्षभित्र आफ्नो पार्टीलाई चन्दामुक्त पार्टी बनाउने बताएका छन् ।
सामुयिक स्याउ खेति गर्न जुम्ला पुगेर कालिकोटको तिलागुफाको फोइमा स्याउ रोप्दै बिप्लवले अवको ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त पार्टी बनाएर उत्पादनमा आत्मानिर्भर बनाउने उद्घोष गरेका हुन ।
यो अभियान हामिले सुरुवात गरेका छौँ अन्य पार्टीले पनी उद्योग र उत्पादन शिल कार्यमा लाग्न प्रेरणा हुने बताए ।
जुम्लामा दश हजार स्याउका विरुवा रोपेर फोइमा पुगेका बिप्लवले स्थानियको जमिनमा स्याउ रोपेका थिए ।

हाफ्नो पार्टीले तराइमा धान, मधेशमा सुन्तला र हिमालमा स्याउ र जडिबुटी रोपेर आत्मार्निभर बन्ने बताए ।
अव पार्टीले चन्दा मागेर खादैन ३ वर्षभित्र उत्पादनबाटै अरुलाई दिने र खाने पार्टी बनाउ छौँ । जन्ताको खाएको अव तिछौँ । सत्तामा हैन, कुर्सीमा हैन, कमिशन र घुस मागेर हैन राज्यको ढुकुटी मासेर हैन उत्पादन गरेर आफु खाने र गरिब जनतालाई खुआउने अठोटका साथ यो कार्यको थालनी गरेको बताए ।
‘भाषण गरेर कोरा आदर्श बाँडेरमात्रै हुदैन । अब हामीले आफ्नै जीवनलाई बदल्ने क्रियाकलाप प्रत्यक्षरुपमा उत्पादनसँग जोडिएर गर्नुपर्छ,’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी उत्पादनसंग जोडिएर आत्मनिर्भर बन्ने लाइनमा प्रवेश गरिसकेको छ ।’

उनले हरेक नागरिकले कम्तिमा खान, बस्न र पढ्नकै लागि कसैलाई पनि गुहार गर्न नपर्ने गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।

‘बन्दुक बोक्नु, आन्दोलन गर्नु, राजधानी बन्द गर्नु, हंगामा मच्चाउनु नेपालीको लागि अब नौलो भएन । हामीले निकै ठुलो बन्दुकको पनि अनुभुति गरिसकेका छौं । तर नेपाल चाहेको स्पिडमा आउन सकेन,’ उनले भने ।

उनले राजनीतिक दलको क्रियाकलापले नेपाली जनतामा नकरात्मक प्रभाव पारेको बताए । ‘राजनीति प्रति जनताको तीब्र बितृष्णा छ । नेता र कार्यकर्ताहरुप्रति हेर्ने नजर बिग्रिएको छ,’ उनले भने, ‘अबको राजनीति अर्थतन्त्रमा बदलिनुपर्छ । उत्पादनसंग जोडिनुपर्छ ।’

साथै उनले नेपालको पछिल्लो राजनिती घटनाक्र्मका बारेमा पनी फोइका जनतालाई जानकारी गराएका थिए । अस्थिर राजनितिले नेपाल पछाडी धकेलिएको चिन्ता ब्यक्त गरे ।
सरकार बनाउने र ढलाउने खेलमा लागेका संसदवादी दलहरुले नेपाल विकासमा पछाडी धकेलेको आरोप सम्म लगाए । वर्तमान बनेको सरकाले बल्ल केही आसा भने जोगाएको छ । जुन बामपन्ती दलहरुको एकताको कुरा पनी चलेको छ । यही सरकाले केही काम गर्न सक्छ ।
स्याउ रोप्ने अभियानमा उत्तर कर्णाली ब्युरो हुम्ला मुगु, जुम्ला, अछाम, कालीकोट बाजुरसहितका नेकपा नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।
फोटो ः

१) कालिकोटको फोइ र जुम्लामा स्याउ रोप्दै बिप्लव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित