कालिकोट – लैंगिक रूपान्तरण शिक्षा सम्बन्धि ३ दिने तालिम सदरमुकाम मान्ममा सुरू भएकाे छ ।
किर्डाक नेपालकाे सहजिकरण, पलान नेपालकाे सहयाेग र सशक्त बालिका परियाेजनाकाे अन्तर्गत शान्नि त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाका शिक्षकहरूलाई बिद्यालयमा लैगिक रूपान्तरण , कक्षा काेठा व्यवस्थापन , सिकाई लगायतका कुरामा ध्यान दिन तालिमकाे आयाेजना गरिएको थियाे ।
किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेकाे अध्यक्षतामा उद्घाटन गरिएको थियाे ।
तालिमकाे प्रशिक्षक शिक्षा विकास तथा समन्वय प्रमुख प्रकाश चन्द्र धिताल, पञ्चदेब मावि का प्र अ चन्द्र प्रकाश कोइराला, सदानन्द तिमिल्सिना, हस्त वहादुर रोकायाे गरेकाे परियाेजना
अधिकृत निर्मला हमालले बताईन ।
३ दिने तालिममा विद्यालयमा शाैचालय अवस्था , सिकाई व्यवस्थापन , अभीवककाे भुमिका, कक्षा काेठा व्यवस्थापन लगायतका कुरा सिकाईने हमालले बताईन । तालिममा शान्नि र नरहरीनाथ गाउँपालिकाका गरी जम्मा ४० जना शिक्षक रहेका छन ।
Discussion about this post