कालिकोट – जिल्लाकाे शान्नि त्रिवेणी गाउँपालिकामा फैलिदाे अवस्थामा रहेकाे कुपाेषणलाई घटाउन स्वास्थ्यकर्मी र पाेषण अभियान्तालाई अभिभावक शिक्षा प्रदान गरिएको छ ।
पालिकामा बढ्दाे अवस्थामा रहेकाे कुपाेषणलाई घटाउन यहाँका स्वास्थ्यकर्मी र पाेषण अभियान्ताहरूलाई ५ दिने प्रारम्भिक बाल बिकासका लागि अभिभावकत्व शिक्षा सम्बन्धि ५ दिने अभिमुखिकरण शिक्षा दिईएकाे सशत्त बालिका परियाेजनाका परियाेजना संयाेजक बलिराज शाहीले बताए ।
५ दिने अभिमुखिकरण तालिममा आमाकाे गर्भास्थादेखि ८ महिना सम्म स्वास्थ्य र पाेषणका बारेमा सचेतना दिने, महिला स्वास्थ्य स्वमसेविका मार्फत निरन्तर गाउँ वस्तिमा बालबालिकाकाे स्वास्थ्य अवस्था बारे चेकजाँच गराउन सहयाेग गर्ने , अभिभावक लाई बालबालिका काे हेरचाह र खानपानमा ख्याल गर्न लगाउने जस्ता सचेतना दिने छन ।
किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेकाे अध्यक्षता, नि.स्वास्थ्य सेवा व्यवस्थापक कटक महतकाे प्रमुख आतिथ्यता प्रारम्भिक बालबिकास का क्षेत्रिय सल्लाहकार किरण भण्डारी लगायतकाे सहभागितामा सदरमुकाम मान्ममा ५ दिने तालिम सम्पन्न भएकाे छ ।
तालिम किर्डाक नेपालकाे सहजिकरण, पलान नेपालकाे सहयाेग र शान्नि त्रिवेणाी गाउँपालिकाकाे समन्वयमा संचालन गरिएको थियाे ।
Discussion about this post