कलेजाे सम्बन्धि राेगका कारण पुर्व मन्त्री न्याैपानेकाे निधन

कलेजाे सम्बन्धि राेगका कारण पुर्व मन्त्री न्याैपानेकाे निधन

कालिकोट – नेपाल सरकारका पुर्व सुचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्याैपानेकाे निधन भएकाे छ ।
कलेजाे राेगले ग्रसित न्याैपानेकाे उपचारकै क्रममा ३ महिनादेखि भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्दमा उपचार्थ थिए ।
उनकाे अाज बिहान ४ बजे अस्पतालमै ६४ वर्षकाे उमेरमा निधन भएकाे आफन्त उमाकान्त न्याैपानेले बताए ।

२ छाेरा र २ छाेरि रहेका न्याैपानेकाे एक छाेरा दुवैमा रहेका छन । छाेरा दुवैबाट नेपाल फर्केपछि उनकाे दाहासंस्कार गरिने जनाईएकाे छ । अहिले न्याैपानेकाे सवलाई काठमाडौ पशुपतिमा लगिएको आफन्त अधिवक्ता न्याैपानेले बताए ।

२०५१ सालमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित न्याैपाने नेपाल सरकारकाे सुचना तथा सञ्चार सहायकमन्त्री भएकाे थिए ।
पुर्व गाविस अध्यक्ष देखि पार्टी सचिव हुदै मन्त्री बनेका न्याैपाने अहिले पनि एमालेमै रहेका थिए । पछिल्लो समय पार्टीमा भुमिका कमै दिएका थिए ।
न्याैपानेकाे दुखत निधनप्रति सिंगाे जिल्ला बासिले राजनिती अभिभावक गुमाएकाे भन्दै श्रद्धाञ्जली दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित