कालिकोट – प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले उमेर नपुगि गरेकाे बिवाहबाट जन्मेका बालबालिकाहरू राज्यकाे सेवा सुविधा बाट बञ्चित हुनु परेकाे बताएका छन ।
पलान नेपालकाे सहयाेग र सादा नेपालकाे आयाेजनामा शनिबार सदरमुकाम मान्ममा आयाेजित एक कार्यक्रममा प्रजिअ नेपालीले यस्ताे बताएका हुन ।
१६ वर्षकाे उमेरमा बिवाहा गरेका जाेडिले १७ वर्ष ढिलै भए १८/१९ वर्षमा बच्चा जन्माउछन । कानुनमा २० वर्ष पुरा गरेपछि बिवाह गर्नु पर्छ । २० वर्ष पुरा गरि बिवाह गरेपछि मात्र सरकारले बिवाह दर्ता गरिदिन्छ बिवाह दर्ताकाे आधारमा बच्चाकाे जन्म दर्ता पाउछ । जन्म दर्ता भएपछि मात्र राज्यबाट पाउने सेवा सुविधा बच्चाले पाउने भएकाले उमेर नपुगि गरिने बिवाहबाट जन्मिने बालबालिकाले राज्यकाे सेवा सुविधा बाट बञ्चित हुनु परेकाे बताए ।
कालिकोटमा पनि बालबिवाहकाे भयावह अवस्था रहेकाे देखिन्छ ।
कार्यक्रम लागु भएका क्षेत्रमा बिभिन्न संघसंस्थाहरूकाे पहलमा
बालबिवाह घटेकाे देखिन्छ । बाकि लागु नभएका क्षेत्रकाे पनि अवस्था बारे साेच्नु पर्ने बेला अाएकाे छ प्रजिअ नेपालीले भने,पहिले भन्दा अहिले कालिकोटमा
बालबिवाहकाे दर घट्दै आएकाे तथ्यांक सार्वजनिक हुदै गर्दा गणकहरूलाई सहि र सत्यमा रहेर बिवरण संकलन गर्न पनि निर्देशन दिए ।
अभिमुखिकरण कार्यक्रममा पलान नेपालका पाेर्जेक्ट म्यानेजर अम्बिकाप्रसाद तिमिल्सिना र सादा नेपालका परियाेजना संयाेजक दलसिंह कुमालले परियाेजनाले गरेकाे कामहरूकाे उपलब्धि सार्वजनिक गरेकाे थिए ।
बाल बिवाह, छिटाे बिवाह र जवजस्ति हुने बिवाह राेकथाम संगै जाेखिममा रहेका बालवालिकाहरू लाई बिद्यालयमा लगाउने उनिहरूकाे अवस्था हेरेर सहयाेग समेत गरेकाे पाईएकाे छ ।
रास्काेट नगरपालिका शानित्रिबेणाी र नरहरी नाथगाउँ पालिकाकाे सहयाेग र साझेदारीमा नमुनाका रूपमा पालिकाले नै अगुवाईमा सादा नेपालका कार्यकारी निर्देसक अशाेकनाथ याेगीले प्लान नेपाल र स्थानिय सरकारलाई धन्यबाद दिनु भएकाे छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसिले प्रहरी साझेदारि कार्यक्रम जिल्लाका सवै स्थानीय तहमा संचालन भईरहेका छन । बाल बिवाह बिरूद्व पनि सचेतना गराउने प्रतिवद्वता जनाए । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज बिष्टले बाल बिवाह म आफै बाट गर्नु हुदैन भनेर सुरूवात गराै । बाल बिवाहले गर्दा धेरैकाे घरबार बिचकै बिग्रिने, पढाई बिग्रिने, शारीरिक रूपमा कमजाेर भई जिन्दगी समेत बिग्रिने हुदा बालबिवाह आफैबाट गर्नु हुदैन भनेर सुरूवात गर्नु पर्ने बताए ।
कार्यक्रममा पलान नेपाल लागु भएका रास्काेट, शान्नि त्रिवेणी र नरहरिनाथ गाउँपालिकाका नागरिक समाज, बालकलब,अभियान्ता लगायतकाे उपस्थिति रहेकाे थियाे ।
Discussion about this post