Online News Khabar

ताडिमा कृषि स्राेत केन्द्र भवनकाे शिलान्यास

941
SHARES
1.1k
VIEWS

कालिकोट – जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नं ३ ताडीमा कृषि वन स्रोत केन्द्रको भवन शिलान्यास गरीएको छ । सरल जनजागरण कृषि सहकारी संस्था लिमिटेडको आयोजना ईकोहिमाल नेपालको सहजिकरण तथा जिल्लाको खाँडाचक्र नगरपालिकाको सहयोगमा भवन शिलान्यास कार्यक्रम आयोजना गरीएको हो ।

सरल जनजागरण कृषि सहकारी संस्थाकी अध्यक्ष अस्मीता खत्री (विष्ट)को अध्यक्षता खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख गणेश बहादुर शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु पुर्व जनप्रतिनिधिहरु, पत्रकार, ईकोहिमाल नेपालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा भवन शिलान्यास गरीएको हो । कृषि वन स्रोत केन्द्र भवनको नन्दप्रसाद पाण्डेले सात सय वर्ग मिटर जग्गा दान गर्नु भएको छ । अहिले बिश्वव्यासी रुपमा कृषि क्षेत्रमा आकषर्ण घटिरहेका बेला त्यसको असर हाल कृषि प्रधान देश नेपालमा पनि परीरहेकाले ग्रामीण क्षेत्रका किसानहरुलाई आकषर्ण गर्नको लागी र बढ्दै गएको जलवायु परिवर्तनका असरहरुलाई रोगथाम गर्ने उदश्यले ईको हिमाल नेपालले बिभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

कृषकलाई प्राविधिक ज्ञान नहुने भएकाले कृषकहरुलाई प्राविधिक ज्ञान सिप र क्रियाकपालहरु सिकाउनको लागी स्रोत केन्द्र स्थापना हुन लागेको ईकोहिमालका कार्यक्रम संयोजन दिपेन्द्र अर्यालले वताए । स्रोत केन्द्रमा कृषि क्षेत्रका नविनतम प्रविधिहरु पर्दशनको लागी राखीने र कृषकहरुले त्यसै बाट विभिन्न क्रियाकपाल सिकेर उत्पादनको स्रोत बढाउन स्रोत केन्द्रले सहयोग पुगाउनेमा समेत कार्यक्रम संयोजक अर्यालले जोड दिए ।

यस्तै कार्यक्रमका प्रमुख अतिति तथा नगरप्रमुख कमल बहादुर शाहीले कृषि क्षेत्रलाई प्राथमीकता दिदै ईकोहिमाल संग सहकार्य गरेर कृषकहरुको मुहार बदल्न नगरपालिका तयार रहेको वताए । बढ्दै गईरहेको जलवायु परिवर्तनलाई रोक्न सडक खनेको ठाँउमा अनिवार्य रुप रोप्ने अभियान पनि नगरले संचालन गर्नेमा जोडदिनु भयो । अन्तमा भवन निमार्णको जग्गा दान परेर पवित्र कार्य गरेकोमा जग्गा दातालाई धन्यवाद समेत व्यक्त गरे ।
भवन निर्माणकाे जिम्मा पाएकाे सरल सहकारिलाई २ महिनाकाे समय अवधिमा तयार गरेर नगरलाई हस्तान्तरण गर्न समेत निर्देशन दिए ।


अव खाँडाचक्र नगरपालिकाले कृर्षिमा आत्मा निर्भर गराउने प्रतिवद्वता समेत जाएर गरे ।
कार्यक्रममा कृषि शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, वडाअध्यक्ष लगायतका कर्मचारीकाे सहभािगता रहेकाे थियाे ।
यस भन्दा अघिपनि ताडि क्षेत्रमा साविककाे गाउँ विकास समितिदेखि अन्य संघ संस्थाहरूले कृषि उपज केन्ददेखि अन्य भवन बनाएपनि ति प्रयाेगमा बिहिन अवस्तामा रहकाे थिए । याे बन्नने भवन पनि तेहि अवस्था बन्न नदिन सरकारलाई स्थानिय कृर्षकले आग्रह गरे । कृषि उत्पादन बिक्रि बितरणमा नगरपालिकाले सहयाेग गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित