Online News Khabar

१८ घण्टापछी एक्स्काभेटर चालककाे उद्वार कर्णाली करिडाेर अवरुद्ध

922
SHARES
1.1k
VIEWS

कालिकोट – कालीकोटमा सडक निर्माणका क्रममा पहिरोले पुरिएर एक्स्काभेटर चालको मृत्यु भएको छ । शुक्रबार कर्णाली करिडोरको कालेखोला–खुलालु खण्ड विस्तारका क्रममा माथिबाट खसेको चट्टानसहितको पहिरोले पुरिएर चालक धीरप्रसाद सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन केसीले जानबारी दिए ।
पचालझरना–८, खडितोलीका स्थायी बासिन्दा हुन् । शुक्रबार पहिरो गए पनि शनिबार बिहान मात्र मृतकको शव निकालिएको हो ।

करिडोरको जिरो किलोमिटरमा पर्ने कालेखोला खण्ड सडक डिभिजन कार्यालय जुम्लाले गत वर्षदेखि सडकको स्तरोन्नतिको काम गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर दिपेन्द्रवहादुर विष्टले बताए । उनका अनुसार साँघुरो र अप्ठेरो ठाउँमा सडक डिभिजन कार्यालयले ठेक्कामार्फत काम गरिरहेको छ ।

पहिराेमा पुरिएकाे स्काभेटर निकाल्नकाे लागि सडक डिभिजन र जिल्ला प्रशासनकाे पहलमा निकालेर सडक अवरुद्ध हटाउने प्रयास गरिरहेकाे प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।
अहिले सुर्खेत बाट आउने यातायातका साधनहरू राेकिएका छन ।
हिजैदेखि पहिराेले डाेजर सहित चालक पुरिएकाे अवस्थामा प्रशसनकाे पहलमा स्काभेटर मार्फत उद्वार भईरहेकाे थियाे ।
चालककाे उद्वार गर्न निकै कठिन थियाे हिजै देखि निरन्तर स्काभेटरले पहिराे पन्छाउन लागेर विहान ९ वजे चालककाे लास भेटाएकाे नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित