Online News Khabar

बिद्यालयमा टिकाउन बिद्यार्थीलाई झोला बितरण

873
SHARES
1k
VIEWS

कालिकोट – आर्थिक अवस्था कमजोर भई बिद्यालय जान नसकेका बिद्यार्थीहरुलाई स्कुल झोला संगै पोषाक र शैक्षिक साम्रगी बितरण गरिएको छ ।
सामाजिक जागरण सेवा केन्द्र (स्याक) नेपालले खाँडाचक्र नगरपालिका स्थित पञ्चदेवल मावी, सालडाँडा आधारभुत विद्यालय, र दसाला पाखामा रहेको विद्यालयमा अनौपचारिक शिक्षामा आवद्ध बिद्यार्थीहरु लाई मंगलबार बिद्यालयमै पुगेर स्कुल झोला, पोषाक, कापी कलम लगायतका शैक्षिक साम्रगी बितरण गरेको छ ।

खाँडाचक्र नगरपालिका उपप्रमुख र शैक्षिक सरोकार राख्ने सरोकार वालाहरुको उपस्थितीमा बिद्यालयमै पुगेर सो साम्रगी बितरण गरेको हो । आर्थिक अवस्था कमजोर भई बिद्यालय छाडेका, बिचमै पढाई छाडेर उमेर नपुगी बिवाह गरेकाहरुलाई स्याक नेपालले बिद्यालयमा छुटै अनौपचारिक शिक्षा संचालन गरेर शिक्षा दिरहेको छ । यसमा थप बिद्यालयको कक्षामा टिकाइ राख्न वा नियमित बिद्यालय गराउन कमजोर बिद्यार्थीलाई सो साम्रगी सहयोग गरेको स्याक नेपाल कालिकोटका संयोजक हरि तिवारीले बताए ।

समाज जागरण केन्द्र (स्याक) नेपालका परियोजना संयोजक तिवारीले कार्यक्रमका उद्देश्यमाथि प्रष्ट पार्दै विद्यालयलाई समतामूलक बनाउने, कक्षा कोठालाई समावेशी बनाउने, कक्षा कोठा शैक्षणिक उद्देश्य प्राप्तिका लागि व्यवस्थित बनाउने, किशोर किशोरीलाई समतामूलक शिक्षा प्रदान गर्ने तालिमको उद्देश्य रहेको बताए ।

उनले भने ‘खाँडाचक्र नगरपालिकाका १७ वटा विद्यालयमा (स्याक) नेपालले काम गरिरहेको छ । १७ वटा विद्यालयमा २ सय ६६ जना किशोर किशोरीहरु विद्यालय बाहिर रहेको तथ्यांकमा छ।’ विद्यालय बाहिर रहेका किशोर किशोरीलाई अनौपचारिक शिक्षासम्बन्धी तालिम दिने तथा केही किशोर किशोरीलाई जिवन उपायोगी सीपमुलक तालिम समेत दिएर आत्मनिर्भर बनाउने कार्यक्रम संयोजक तिवारीले बताए । अहिले यो १ सय ४२ जना बिद्यार्थीलाई झोलो बितरण गरेका छौँ ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले स्याक नेपालले आर्थिक अवस्था कमजोर भई बिद्यालय बाहिर रहेका बिद्यार्थीहरुका लागी उपयुक्त कार्यक्रम रहेको बताए । संघ संस्थाहरुले सधै सहयोग गर्ने हैन शिक्षामा जाँगरुप बनाउने र नियमित स्कुल जानको लागी सहयोग पुग्ने उदेश्यले यो सहयोग गरिरहेको बताए। साथै यस कार्यक्रममायुनिसेफको आर्थिक सहयोग रहेको थियो ।.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित