कालिकोट – घाँस काट्ने क्रममा भिरबार लडेर आमाको मृत्यु भएपछी ३ बालवालिकाको बिचल्ली भएको छ ।
नरहरीनाथ गाउँपालिका वडा नम्बर ८ निवासी दृर्घ विष्ट की श्रीमती ३४ वर्षिय धनसरा विष्टको भदौ १४ गते गाउँ नजिककैको वनमा घाँस काट्ने क्र्ममा भिरबार लडेर मृत्यु भएपछी उनका ३ छोराहरुको बिचल्ली भएको हो ।
१२ वर्षको उमेरमा आमा बुवा गुमाएका दृर्घ विष्ट आफन्तको सरणमा हुर्केर घरजम समेत भयो । त्यसपछी बिवाह गरे बालबच्चा समेत भए । बिहान खाए बेलुका के खाउँ? भन्ने अवस्थाका दृर्घ बिष्ट रोजगारीको लागी भारत जान थाले । रोजगारीको लागी लामो समय सम्म भारतमा काम गरेपनी उनले आफुबस्ने घरसमेत बनाउन सकेनन् पुरानो आफ्नो बुवाले बनाएकै जिँण घरमा वस्दै आएका छन ।
भदौ १४ गते गाउँ नजिकैको वनमा घाँस काट्नेक्रममा उनकी श्रीमतीको लडेर मृत्यु भएपछी उनि जन्मघर लालु फर्किय उनले ३ वर्षकोे कान्छो छोरा काखमा राख्दै आँखामा आँसु टिलपिल गर्दै भने’ म त दुखमै हुकिए सुख कस्तो हुन्छ यो जुनिमा थाहा पाएन मेरो सन्तानले पनी सुख कस्तो हुन्छ भोग्न नपाउने भए ।’ मैले जन्माउने आमा बुवा कस्ता थिए मुख देख्न पाएन आफन्तको घरमा बसेर हुर्किएछु पढ्नका त बाच्न समेत नसक्ने अवस्थामा आफन्तले पाले ताले हुर्काए ।
अहिलेसम्म दुखमै जिवन काटिरहेको छु । मेरो सन्तानले पनी म जस्तै दुख पाउने भए भगवान पनी कति निठुर हुने रैछन । उही मानव प्राणी नारीको कोखवाट जन्मेको मान्छेलाई पनी भगवानले बिभेद गर्दा रहेछन । बुवाले बनाएको पुरानो जिर्ण घरमा बसिरहेको छु । नयाँ घर बनाउन समेत सकेको छैन । उही जिर्ण घरको खरको छानामाथी त्रिपालले ढाकेको छ । वर्षाको पानीले घरभित्रै चुइने भएकाले पालले ढाकिएको छ । यि ३ छोरालाई म कसरी पाल्ने हो चिन्ता छ । उनले अर्को पिढा पनी सुनाए जहान परिवार पाल्न भनेर भारतको गुटुमा गए त्याहाँ ६ महिना काम गरे ठेकेदारले पैसा दिएन यता श्रीमतीको मृत्यु भएको खवर उता ठेकेदारले ज्याला दिएन रित्तो हात घर फर्किए आँखाका आसु पुछ्दै धरधर रोए । अहिले लालुका गाउँका स्थानिय वासीहरुले मृर्तक धनसराको काज किरियाँको लागी गाउँका आर्थिक सहयोग जुटाउन थालेका छन ।
किरायाँ गर्न समेत नसक्ने कमजोर अवस्थाका दृर्घ विष्टका टुहुरा ३ बालवालिकाकोसंघ संस्था र सरकारलाई व्यवस्थापन गर्न स्थानियवासी तथा एनएमबि वैंक कालिकोट शाखका प्रवन्धक रोहनकुमार विष्टले आग्रह गरेका छन ।
Discussion about this post