बडिमालिका दर्शन गर्न गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु

बडिमालिका दर्शन गर्न गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु

कालीकोट – कर्णाली तथा सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय बडिमालिका मन्दिरको दर्शनका लागि गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।

कालीकोट जिल्ला पलाता गाउँपालिका– १ का धनप्रसाद न्यौपानेको ११ भदौमा सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो भने मंगलबार राति ८ बजे बाजुराको त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको छ।

बडिमालिकाको दर्शनका लागि गएका न्यौपाने अक्सिजन अभावका कारण बेहोस अवस्थामा फेला परेका थिए । दुर्गाभञ्जन गुल्म बाजुराले तीर्थयात्रीका लागि सञ्चालन गरेको मेडिकल क्याम्पमा उपचारका गर्दा यहाँ उपचार सम्भव नभएपछि उनलाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको थियो।

उनको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय बुढालाई अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तीर्थयात्रीका लागि सञ्चालन गरेको मेडिकल क्याम्पमा उपचारका क्रममा मंगलबार राति ८ः४२ मा मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ

अक्सिजन अभावमा बिरामी परेकी कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया ईश्वरी बोहरोको सेनाको मेडिकलमा उपचार भइरहेको छ।

बडिमालिकाको त्रिवेणीमा मृत्यु भएको बुढा र सिकिस्त बिरामी बोहोरालाई ल्याउन नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
नेपालकै धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिका दर्शनकै क्र्ममा वर्षेनी एक देखी दुई जनाको लेक लागेर मृत्यु हुने गरेको छ ।

फोटोः
१) बडिमालिका दर्शन गर्न जादै गरेका तिर्थयात्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित