देशको मुल नेतृत्व गर्न लायक पार्टी बनाउन बिशेष रूपान्तरण अभियान ःनेता बस्नेत

देशको मुल नेतृत्व गर्न लायक पार्टी बनाउन बिशेष रूपान्तरण अभियान ःनेता बस्नेत

कालिकोट – नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले देशको मुल नेतृत्व गर्न लायक पार्टी बनाउन बिशेश रूपान्तरण अभियान संचालन गरेको बताएका छन ।

जनजनमा माओवादी घरघरमा माओवादी भन्ने मुल नाराका साथ देशैभरि माओवादी पाटिले सुरू गरेको विषेश अभियानको बारेमा जानकारी दिन प्रेस सेन्टर नेपाल कालिकोटले आइतवार मान्ममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका कालिकोट जिल्ला ईन्चार्ज समेत रहेका नेता बस्नेतले माओवादी बिभाजन भई कमजोर भएको अवस्थामा यो अभियानले अब देशको मुल नेतृत्व गर्ने पार्टी बनाउन यो अभियान संचालन हुने बताए । यो अभियानले विशेष गरि संगठन निर्माण र पार्टीेको मात्र रूपान्तरण नभई देशको मुख्य समस्यामा रहेको भष्टचार , बिकृति र बिसंगतिका बिरूद्व रहेको बताए । अहिले माओवादी नेतृवको सरकारले जे जस्ता भष्टचारका फाइलहरु खोल्दै देशलाई समाजवादको दिशामा लिन खोजिरहेको छ उसैगरी जिल्लामा पनी स्थानिय तहको बेथिति बिरुद्ध रहेको बताए ।

उनले नेपालका अन्य दलहरुभन्दा नेपालमा जनताको पार्टी नेकपा माओवादी केन्द्र मात्र रहेको दावि समेत गरे । केन्द्र पार्टिको सर्कुलर संगै जिल्ला पार्टिले गरेका निर्णयहरु सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्रका कालिकोट जिल्ला संयोजक लक्ष्मिप्रसाद र्चालगाईले पार्टिले ३ महिने बिशेष अभियानमा जिल्लाका विकास निर्माण देखी पाटिका नेताहरुलाई ९ वटै पालिकामा खटाइएर जिम्मा दिएको समेत सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरिएका निर्णहरुमा राष्टिय राजनिति कार्यान्वय देखी जिल्लाका विकास निर्माणका सवालहरु पनी समेटिएका थिए । माओवादी केन्द्रको नेतृत्वमा बनेको समाजवादी मोर्चामा एमसीसी पक्षधर र केही बिपक्षीमा रहेको हुनाले समाजवादी मोर्चा कसरी कार्यन्वयन हुन्छ भन्ने पत्रकारका यावद प्रश्नहरुमा अभियानका इन्चार्ज वस्ने र माओवादी केन्द्रका केन्द्रिय सदस्य दुर्गबहादुर रावतले प्रश्ट पारेका थिए ।
पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष बिरेन्द्र आचार्यको सभा अध्यक्षता, अभियानका जिल्ला इन्चार्ज टेकबहादुर वस्नेतको प्रमुख आतिथ्यता, माओवादी केन्द्रका केन्द्रिय सदस्य दुर्गबहादुर रावतको बिषेश आतिथ्यता, जिल्ला संयोजक लक्ष्मिप्रसाद आचार्य, डम्बर बहादुर शाही लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित