Online News Khabar

नेपालका हरेक परिवर्तनमा युवाकै भुमिकाबढि थियाे : कांग्रेस नेता शाही

876
SHARES
1k
VIEWS

कालिकोट – नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि युवा नेता प्रेम बहादुर शाहीले युवातरूण बिकासको सम्वाहक परिवर्तनको सिपाही भएको बताउनु भयो ।युवाशक्तिको उपयोग यो राज्यले गर्न नसकेका कारण राज्य पछाडी परेको बताउनु भयो । युवाको साथ सहयोग बिना कुनै परिवर्तन सम्भवनरहेको बताउनु भयो । नेपाल तरूण दल कालिकोटले २४ ओै अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजितकार्यक्रममा बोल्देै शाहीले आज युवा पुजि बिदेश बेचिरहेको बताउनु भयो ।
कालिकोटमा २४ ओै अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाली कांग्रेस समर्थक युवाहरूको संगठन नेपाल तरूणदललेएक चियापान कार्यक्रम आयोजना गरेको छ ।

सदरमुकाम स्थित तरूणदलको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै तरूणदल कालिकोटका अध्यक्ष दमन ब शाहीले अधिकारका दिवस सबै युवाहरूको सरोकार बन्न नसकेको बताउनु भयो । चियापान कार्यक्रमका अध्यक्ष समेत रहेका शाहीले अधिकार जन्य दिवस पैसा र लगानि पाए मात्र गर्ने भन्दा पनि स्वतहस्फुर्तरूपमा युवाहरूले सद्भाव बाड्न , भातृत्व कायम गर्न तरूणदलले आयोजना गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै युवा नागरिक अधिकार कर्मिडिल्लि चौलागाइले दिवसले विभिन्न युवाहरूको बिचमा सद्भभाव बाड्ने कुरा राम्रो भएको बताउनु भयो ।
नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि नेता प्रेम ब शाहीको प्रमुख आतिथ्यथामा भएको कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष नमराज योगि पत्रकार मान ब बिश्वकर्मा डिल्लि चौलागाइले दिवसका अवसरमा शुभकामना दिएका थिय । युवा अधिकारको सवाल राज्यले ग्रहण गर्न नसकेको बताउदेै उहाहरूले युवाहरूको सवाल साझाधारणा बन्न नसकेको बताउनु भयो । तरूणदल प्रदेश क का अध्यक्ष सुरेश शाहीले युवाहरू राम्रो नराम्रो के हो भन्ने कुरा बुझ्न सक्षम रहनु पर्ने भन्देै एक आपसमा दिवस सबै युवाहरूको साझा बन्न नसकेको बताउनु भयो । अनेरास्वबियुका सुरेश प्याकुरेलले युवा दिवसमा युवाहरूलाइ एक ठाउमा उपस्थिति गराएर दिवस मनाएकोमा धन्यवाद दिदै यसरी नै बिकासमा केन्द्रितहुनु पर्ने बताउनु भयो । युवा जोस जागरका साथ देश बिकासमा केन्द्रित हुनु पर्ने बताउनु भयो । प्रेस चौतारीका अध्यक्ष बिश्वनाथ सिमखाडाले युवाहरू सत्यको बाटोमा हिड्ने शक्ति भएकाले युवाशक्तिको सहि उपयोग हुन जरूरी रहेको बताउनु भयो । अनेरास्वबियुका अध्यक्ष धर्म ब शाहीले सबै प्रकारका आन्दोलन युवासहभागिता बिना सम्भव नभएको बताउनु भयो । बिचारलाई थाती राखेर सहिलाई सहि र गलतलाइ गलत भन्ने आट युवाहरूमा हुनु पर्छ। सबै दलका भातृसंस्थाको साझाएजेण्डा तय हुनु पर्ने बताउनु भयो ।
अनेरास्वबियुका स्थायीकमिटि सदस्य हिक्मतजंग मल्लले
राज्यका हरेक तहमा जस्को सवाल उसैको नीति र नेतृत्व हुन जरूरी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल तरूणदलका केन्द्रीय सदस्य धर्मराज शाहीले युवाहरूको संख्या एकिन गरेर रोजागारीको गयारेन्टी गर्नु पर्ने बताउनु भयो ।अमुल्य युवाहरूको समयको दुरूपयोग भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित