कालिकोट – जमाना र प्रविधि अघि बढेकाे वेला हाम्राे समाज अझै पछाडिनै रहेकाे प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिले बताएका छन ।
कर्णाली महिला जागरण तथा समाज विकास केन्द्रद्वारा संचालित रेडियो प्रदेश आवाजकाे वार्षिक साधारण सभामा बाेल्दै प्रजिअ माझिले यस्ताे बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माझिले प्रविधि र जमनना धेरै अगाडि दाैडिदै छ । अहिले समाज अझै पछाडिनै छ ।माझिले सुतेकालाइ उठाउने र उठेकालाइ दौडाउने काम संञ्चार क्षेत्रले गरिरहेको बताउनु भयो । कार्यक्रममा उद्घघाटन मन्तब्य दिदै प्रजिअ माझिले ग्रामिण क्षेत्रका नागरीकको अधिकार सुनिश्चित गर्ने काम सञ्चार क्षेत्रको भएको बताए ।
जिल्ला प्रशासन कार्यालयमा २०७० सालमा दर्ता भएको संस्थाले २०७५ सालमा रेडियो प्रदेश आवाज संन्चालन गरेको छ । रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कीको अध्यक्षयतामा र कालिकोट प्रमुख जिल्ला अधिकारी जोरासिह माझिको प्रमुख आथित्यथामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख अजय बम , गैसस कालिकोटका अध्यक्ष बिरेन्द्र ब बुढा ,खाडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकारको विशेष आतिथ्यथामा सभा उद्घघाटन गरिएको हो । कार्यक्रममा उद्घघाटन मन्तब्य दिदै प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी जोरासिह । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख अजय बमले रेडियो प्रदेश आवाजले लुकेका आवाजलाइ सञ्चार क्षेत्रको माध्यमबाट उजागार गर्नु पर्ने बताउनु भयो । विभिन्न पेेसागत प्रेस संघसंगठनका केन्द्रीय सदस्य हरू प्रेस चौतारीका केन्द्रीय सचिवालय सदस्य काली ब मल्ल , प्रेस सेन्टरका केन्द्रीय सदस्य मनिका बोहोरा , प्रेस युनियनका अध्यक्ष तथा पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष नमराज योगी ,रेडियो मालिका एफ एमका स्टेसन म्यानेजर पुस्पराज भटराइ , रेडियो साजाआवाजका स्टेसन म्यानेजर किरण अधिकारी र संस्थाका साधारण सदस्यहरूको उपस्थितिमा साधारणसभा उद्घघाटन गरिएको हो । प्रेेस चौतारीका अध्यक्ष बिश्वनाथ सिम्खाडाले सन्चालन गर्नु भएको साधारणसभामा प्रमुख अथिति जोरासिह माझिले ब्यानर पढेर उद्घघाटन गरे पछि संस्थाका सदस्य प्रेरणा बिश्वकर्माले स्वागत मन्तब्य दिनु भएको थियो । कार्यक्रममा शुभकामना दिनु हुँदै प्रेस सेन्टरका केन्द्रीय सदस्य मनिका बोहोराले संस्थाले सञ्चारको माध्यमबाट ग्रामिण क्षेत्रमा जागरण ल्याएको बताउनु भयो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिवालय सदस्य काली ब मल्लले ठुला ठुला संघसंस्थाले पनि खुल्ला साधारणसभा गर्न नसकेको अबस्थामा रेडियो प्रदेश आवाज सन्चालन गर्ने सञ्चार संस्था कर्णाली महिला जागरण तथा समाज बिकास केन्द्रले खुल्ला साधारणसभा गरेेकोमा धन्यवाद दिनु भयो ।
कार्यक्रममा शुभकामना दिनुहुदै खाडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकारले गैससले समाज बिकासमा जागर ल्याएको भन्नू हुँदै रेडियो सन्चालन ,पत्रपत्रिका र अनलाइनको माध्यमवाट बिकट ग्रामिण क्षेत्रका बासिन्दाको अधिकारका सवालमा वकालत गरेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष तथा प्रेेस युनियनका अध्यक्ष नमराज योगीले सरकार ,निजि क्षेत्रसहकारी र गैसस मिलेर समुदाय शसक्तिकरण गर्नु पर्ने भन्दै सञ्चारक्षेत्रको भुमिका अहम रहेको बताए ।
Discussion about this post