Online News Khabar

मृगौला पिडित बेलकुशाको आर्थिक अभावले उपचार रोकियो

861
SHARES
1k
VIEWS

कालिकोट – कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मुम्राकी ३० वर्षीय बेलकुशा लुहार मृगौला पीडित छन । उनको एउटा मृगौला फेल भइसकेको छ । अर्को मृगौलाले पनि राम्रोसँग काम गर्दैन् । आर्थिक अभावमा उहाँको राम्रोसँग उपचार हुन सकेको छैन । आर्थिक अभावका कारणले बेलकुशाको उपचार रोकिएको छ ।

उहाँका श्रीमान चन्द्र लुहार यति बेला सहयोगका लागि गाउँपालिका र वडा कार्यालयमा सिफारिसका धाइरहनु भएको छ । चन्द्रले निकै दुखि हुदै भन्नुभयो, दुई वर्षदेखि उपचार गराइरहेको छु । मृगौला फेल भइसक्यो भनेर थाहा भएको एक वर्ष भयो । अर्को मृगौलाले पनि राम्रोसँग काम गर्न छोडिसक्यो । एउटा मृगौला हाल्ने भनेका छन । रुपियाँ नभएर अस्पतालको बेडमा राखेको छु ।

पटक पटक डायलिस गर्नुपर्छ भन्दै थिए, म पैसा नभएर घर आइहाले । गाउँपलिकाबाट सिफारिस बन्यो भने सुर्खेत जान्छु चन्द्रले भकानीदै भन्नुभयो । खेतीले वर्षे भरी खान नपुग्दा परिवार पाल्न रोजगारीका लागि भारत जानु हुन्थ्योे । श्रीमति बिरामी भए पछि चन्द्र अहिले घर आउनु भएको छ । डाक्टरले मृगौला फेर्ने भनेका र पैसा धेरै लाग्ने बताएकाले आफु गाउँ तिर सापटीका लागि धाईरहेको सुनाए । उनका अनुसार बेलकुशाको उपचारमा पाँच देखि छ लाख खर्च भइसक्यो ।

चुनावमा भोट हालेकाहरुले आजभोली चिन्दैनन । नेता तथा राज्यको उच्च तहमा पुगेका व्यक्तिहरुले राज्यको ढुकुटीबाट बिदेश गएर उपचार गराएको पाइन्छ । तर आर्थिक अभावमा उपचार नपाएर विपन्न नागरिकले ज्यान गुमाउन बाध्य छन् । सरकारले विपन्न तथा गरिब, असहाय लगायतका व्यक्तिहरुको लागि केही कार्यक्रमको व्यवस्था गरेपनि पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा ति कार्यक्रमबाट विपन्न तथा गरिब, असहायले लाभ लिन सकिरहेका छैनन् । पछिल्लो समय आर्थिक अवस्था कमजोर भएकै कारण संयौको उपचारको लागी सहयोगको अपिल गरिदै आएरहेका छन । न्युन आर्थिक अवस्था र जटिलखालका रोगका कारण ज्यानै बचाउन मुस्किल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित