कर्मचारीका छाेरा छाेरिले अनिवार्य सरकारी बिद्यालयमा भर्ना गराउन गाउँपालिकाे निर्देशन

कर्मचारीका छाेरा छाेरिले अनिवार्य सरकारी बिद्यालयमा भर्ना गराउन गाउँपालिकाे निर्देशन

कालिकोट – गाउँपालिकामा कार्यरत सरकारी कर्मचारीका छाेरि छाेरिलाई वैशाख १५ गते सम्म सरकारी बिद्यालयमा भर्ना गराउन महावै गाउँपालिकाले निर्देशन गरेकाे छ ।
महावै गाउँपालिका शिक्षा समितिले फागुन २३ गते गरेकाे निर्णय कार्यान्वयन गराउने सुचना जारि गरेकाे हाे ।
समयमै भर्ना समयमै ज्ञान गुणस्तरीय शिक्षा सवैकाे अभियान भन्ने मुल नाराका साथ गाउँपालिका भित्र कार्यरत सरकारी कर्मचारीहरूका छाेरा छाेरिहरूलाई यहि वैशाख १० गतेसम्म भर्नागरि गाउँपालिकालाई भर्ना प्रमाण पेश गर्न अनुराेध गरेकाे छ ।
यसभन्दा अगाडि धेरै स्थानिय सरकारले याे निर्णय गरेपनि कार्यनयन गर्न चुनाैति रहेकाे थियाे ।
याे निर्णय कार्यान्वयन गर्न सके दुर्गमका सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीकाे भविष्य सफल हुने देखिन्छ ।
शिक्षक , कर्मचारीका छाेरा छाेरि शहर बजारका निजि वाेडिङ स्कुलमा पढ्ने तर, गाउँका गरिब तथा कमजाेर आर्थिक अवस्था भएकाहरूका बालबालिका सरकारी स्कुलमा पढ्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित