Online News Khabar

मार्सी चामल देखी बेसारसम्म ब्रान्डिङ गर्दै कृर्षि कार्यालय कालिकोट

911
SHARES
1.1k
VIEWS

कालिकोट- कृर्षि विकास कार्यालय कालिकोटले अर्गानिक उच्च मुल्य कालो मार्सी चामल, बेसार, स्वाउलाई ब्रान्डिङ गर्दै बजारीकरणमा सहयोग गर्ने भएको छ ।
कालिकोटमा उत्पादन हुने अर्गानिक उच्च मुल्यका कालो मार्सी चामल बेसार। स्वाउ जस्ता कृर्षि वस्तुको एकद्धारा रुपमा बिक्री बितरण नहुदा पहिचान समेत हुन नसकेको कृर्षि अर्थ बिज्ञ बालकराम देवकोटाले बताएका छन ।
पहिचान बिनै बाहिरी बजारमा बिक्री भइरहेका छन । यसलाई पहिचान सहित ब्रान्डिङ गर्दै बजारीकरणमा ढुवानी सहितको सहयोग गर्ने बताए ।

किसानले उत्पादन गरेको वस्तुको उत्पादन स्थलदेखी ३ किलो मिटर ढुवानीको व्यवस्था कार्यालयले गर्ने देवकोटाले बताए । ढुवानी संगै उच्चमुल्यका कृर्षि जन्य वस्तुको एकद्धारा प्राली मार्फत देशका ठुलाठुला शहरमा बिक्री गर्ने व्यवस्था कार्यालयले मिलाउछ देवकोटाले भने ।
देवकोटाका अनुसार पुरानो रैथाने बाली चिनो, कागुना र फापरको पनी उत्पादन हुने क्षेत्र पहिचान गरिरहेका छौँ। यसको पनी महत्व बढिनै छ । यसको उत्पादन र बजारी करणमा सहयोग गर्ने छौँ । अहिले एक किसानले ५ कुइन्टलदेखी माथिको कृर्षि बस्तुको ठुवानी कार्यालयले गर्ने समेत बताए ।

साथै उनले बिक्रिका लागी अर्गानिक कम्पोष्ट मलको पनी बिसानलाई रेट निर्धारण गरेको बताए । यसको लागी बजेट स्वीकृत भइसकेको छ । केही नयाँ र नौलो काम मात्र हैन कालिकोटमा उत्पादन हुने उच्चमुल्य वस्तुको पहिचान गर्नमा आफु लागी परेको समेत बताए ।
आर्थिक वर्ष २०७९ ८० का लागी कार्यालयबाट संचालन भइरहेका योजनाहरुबारे पनी जानकारी गराए ।

यो वर्षमा ५४ वटा सिचाँई पोखरी कुलो निर्माण भइरहेको समेत बताए ।
अहिलेसम्म २० वटा योजनाहरुको निर्माण सम्झौता भइसकेको छन । केही वाकी छन । वाकी योजनाहरुको अव केही दिनमै सम्झैता गरेर निर्माणका कामहरु अगाढी छिटो बढाउन निर्देशन दिने बताए ।
कामै नगरी खाने प्रचलनको अनत्य गर्न निर्माण हुने योजनाहरुको अनुगमनमा कडा पारिने कार्यलय प्रमुख तथा अर्थ विज्ञ देवकोटाले बताए । बिगतमका जे जस्ता कमजोरी भएपनी अवदेखी योजनामा कडा निगरानी बढाइने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित