Online News Khabar

बाटो बनाउन सडकमा बसेका सेनालाई मार्नु त्यो के क्रान्ति थियो? भट्टराई

910
SHARES
1.1k
VIEWS

कालिकोट- नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराईले दुर्गममा बाटो खन्नका लागि सडकमा बसेका नेपाली सेनालाई मार्नु क्रान्ति नभएको बताएका छन् । नेकपा एमालेले शुरु गरेको ग्रासरुट अभियान अन्र्तगत कालिकोट पुगेका भट्टराईले नेकपा माओवादी केन्द्रलाई इन्कीत गदै माओवादीका हिंसात्मक गतिविधीले दुर्गम जिल्लाहरु झन दुर्गम बन्दै गएको बताएका छन् । कर्णाली राजमार्गको पिली सडक खण्डमा सडक निर्माण गर्ने नेपाली सेनालाई मार्नु कुनैपनी क्रान्ति नभएको बताएका हुन । शसक्त दन्द्धमा कालिकोट मात्रै हैन रोल्पा,रुकुम ,जाजरकोट जस्ता जिल्लाहरुमा पनी हिंसात्मक गतिविधीले विकासमा बाधा उत्पन्न भएको भट्टराई बताए । नेकपा एमाले कालिकोटले आयोजनाले गरेको पार्टी अभिमुखकिरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपालको राजनैतिक अस्थिरतातिर लैजान खाजेको आरोप लगाएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासय पार्न प्रचण्डले समस्या पर्दा कम्पुनिष्ट संग मिल्ने र सत्ता मोहमा दक्षिणपन्थीको पाउ पर्नुले देश गम्भिर दुर्घटनामा परेको भट्टराईले बताएका छन् । प्रचण्ड बामपन्थी नभएर उग्र बामपन्थी र अवसर वादको खोजिमा दौडिने पात्र भएको आरोप लगाए । देशमा आर्थिक मन्दि भइरहेको बेला सरकार फेरवदल र पदमोहमा जानुले देश दुर्दशा लागेको उनले बताएका छन् । नेकपा एमाले आफ्नो समर्थन फिर्ता गरेर सरकारबाट बाहिरएको छ । अव देशको मुख्य प्रतिपक्ष दल भएर जनतामाझ सरकारका गलत गतिविधीहरुको भण्डाफोर र एमाले सरकारले गरेका कामको जानकारी दिन ग्रास लेभलमै रहिरने भट्टराई बताएका थिए । राष्ट्रपति विद्यादेवि भण्डारीले महिलाको अधिकारका लागि लड्दा नेकपा माओवादी र नेपाली कांग्रेसले महिलाको अधिकार जे छ उसैमा ठिक छ भन्दै सदनमा बोलेको अहिले पनी कानमा गुन्जिएको भट्टराईले बताएका छन् । राष्ट्रपति विद्यादेवि भण्डाकारीको पहलले महिलालाई ३३ प्रतिशत अधिकार मिलेको पनी उनले बताएका छन् । भट्टराईले नेकपा एमाले नेपाली जनताको मनमुटुमा रहेको बताउदै प्रत्येक टोल टोलमा एमाले छाएको बताएका छन् । संसदमा एक्लै लड्न र सरकार वनाउन नसक्ने भएपछी मुसा मार्ने विरालो र रेविज रोग लागेका स्यालहरुको समुह मिलेर बाघ संग लड्न नसक्ने बताएका छन् । एमाले भनेको पार्टीहरु भित्रको बाघ रहेको भट्टराईले बताएका छन् । जनताको सामु कुन मुख लिएर भोट माग्न आउलान भन्दै सरकार फेरबदल र पद मोहले जनता दिक्क भइसेको पनी उनले बताएका छन् । कार्यक्रममा केन्द्रिय स्थायी कमिटी सदस्य यमलाल कँडेल,पोलिट ब्युरो सदस्य गोरख बोगटी ,नेकपा एमालेका केन्द्रिय सदस्य दल रावल लगाएत नेकपा एमालेका जिल्ला स्तरिय नेता तथा कार्यकताहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित