कालिकाेट– दलित समुदायको अधिकारको लागि गैह्र दलित सकरात्मक भए जातिय आन्दोलन गर्नै पर्दैन नत्र कुर्सी को लागि चुनाबको बेला उठाउने जातिय नाराले बिभेदिकरणमा दन्द भित्र्याउने बाहेक सबै भ्रम भएकाे पलाँता गाउँपालिका प्रथम अध्यक्ष तथा युवा नेता लक्ष्मण बहादुरले बताए । उनले भने, जातिय विभेदकाे नारा चुनावी हैन समाज रुपान्तरणमा बदल्नु पर्ने बताएका हुन् ।
पुरानो माओवादी र पलाँताको सबै भन्दा सिनियर हुँदा पनि अनन्त बिक क राजेशलाई दलित भएकै कारण माओवादीले टिकट खोसेर अर्को लाई दिएका थिए । दलिदको बियमा बोल्दै आएका बमले पालिका अध्यक्षमा सबै प्रोफाइल पुगेपनि माओवादी पार्टीले दलित भएकै कारण टिकट नदिएकोले आफ्नो श्रीमतिलाई दिएको गापा उपाध्यक्ष को टिकट त्यागेर बिद्रोह गर्दै माओवादी त्यागेका हुन । उनले विगत देखि दलित , विपन्न र गरिवकाे विषयमा ठाउँठाउँमा विभेद विरुद्धकाे नारा लगाउँदै अहिले उनिहरुकाे निम्ति डटिरहेका छन् । अहिलेकाे परिवेशमा जातिय भनेकाे विभेद हाेईन मनाेवैज्ञानिक रहेकाे युवा नेता बमकाे भनाई छ ।
पछिल्लाे समयमा जातियताकाे विषय अझ बढि देखिएकाे छ । कालीकोट जिल्लाको पचालझरना गाउँपालिकामा हुँन गइरहेको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा जिल्ला समन्वय समिति कालीकोटकी उपप्रमुख मिना रावत (बिश्वकर्मा) जिल्ला समन्वय समितिको तर्फबाट कार्यक्रममा उपस्थित हुँन त्यहाँ पुगेकाे भएपनि बिश्वकर्मा लाई महिला र दलितको पत्नी भएको भन्दै कार्यक्रममा अतिथि नबनाई प्रमुख अतिथि बिहिन कार्यक्रमको उद्धाटन गरिएको छ । एउटा सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख जस्तो गरिमामय पदको ब्यक्ति हुँदा हुँदै दलितको श्रीमती भएकै कारण प्रमुख अतिथि बिहिन कार्यक्रमको उद्धाटन गर्नु सिंगो दलित र महिला समुदायको अपमान भएको जिल्ला समन्वय समिति कालीकोटकी उपप्रमुख मिना रावत (बिश्वकर्मा) ले बताइन ।
उनले भनिन्, स्थानीय सरकारले नेतृत्व गरिरहेका ब्यक्तिहरुका यस्ता जातीय तथा लैङ्गिक विभेदकारी सोचाई र मानशिकताले महिला र दलित हरुको अपमान भएको उनको भनाई छ ।
यहि बिषयलाई लिएर जिल्ला नागरिक कार्य समुह कालीकोटले प्रेस बिज्ञप्ति समेत जारी गरेको छ । जिल्ला संयोजक कालीबहादुर मल्लद्धारा जारी बिज्ञप्तिमा घटनाको सत्य तथ्य छानबिन गरि दोसि उपर कार्वाही गर्न माग गरिएको छ ।
जातीय तथा लैङ्गिक विभेद हुँने घटनाहरु दोहोरिन नदिन सम्बन्धित रोकारवालाहरु लागि पर्न जोडदार माग गर्दछौं उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस बिषयमा पचालझरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम (बबिता)ले सामाजिक संजालमा लेख्दै केही दिन अगाडि तालिम को सिलसिला मा म सुर्खेत छु पचाल झरना गाउपालिका रनिङ सिल्डका बिषयमा उठेका कुरा सामाजिक सन्जालमा छरिन पुगे यो गम्भीर कुरा छ कार्यक्रम सेटिङमा समस्या रहेको हो भन्ने देखिन्छ । सबै जिम्मेवार ब्याक्ति नै हुनुहुन्छ कार्यक्रममा समस्या रहे गम्भीर छलफल गरेर अगाडि बढ्नुपर्छ उपाध्यक्ष बमकाे भनाई छ । जुन जातियता का कुरा छन नियतबस नभई कार्यक्रम सेटिङ नबुझेर भएको छ जातियता कै सवाल होभने त्यसाे नहुनुपर्ने हो । गर्नु पनि हुदैन सम्बन्धित मान्छे सग र खेलकुद समिति लगायत ब्यावस्थापक समिति सग बसेर छलफल गरेर अगाडि बढ्ने कुरा जानकारी गराएकि छन् ।
त्यस्तै नागरिक समाज कालिकाेटले जातिय विभेद विरुद्ध विज्ञाप्ति निकालेकाे छ । अहिले यस्ताे विषयकाे छानविन गरि कार्वाहि गर्नु पर्ने र आगामी दिनमा सावजनिक कार्यक्रममा भएता पनि अवकाे दिनमा यस्ता जातिय विभेद र लैङ्गिक विभेद घटनाहरु दाेहारिन नदिन सवै सराेकारवालाहरु लागि पर्न माग गरेकाे छ ।





