Online News Khabar

बडिमालिकाका भक्तजनका लागी ५ करोडको धर्मशाला बन्दै

864
SHARES
1k
VIEWS

कालिकोट- पश्चिम नेपालकै बुह चर्चित रुपमा रहेको बडिमालिका मन्दिर दर्शन गर्ने आउने भक्तजनहरुको लागी त्रिवेणीधाममा ५ करोडको लागतमा धर्मशाला निर्माण सुरु गरिएको छ ।
कर्णाली प्रदेश सरकार बन तथा पर्यटन मन्त्रालय मार्फत पाँच करोड बजेटले त्रिवेणी धाममा पक्कि भवन, धारा र शौचालय निर्माण हुन थालेको हो ।
कर्णाली प्रदेश सरकारले केही वर्ष अघी करोडौ बजेट छुटाएर सोही ठाउँमा कच्चि भवन निर्माण गरेपनी केही दिन नबित्दै भत्किएका थिए ।
१२ महिनामा ३ महिना मात्र घाम लाग्ने यो ठाउँमा काम गर्न निकै कठिन रहेको छ । उपभोक्ता समितिले बनाएका धर्मशालाको सही तरिकाले अनुगमन नहुदा वर्खामा निर्माण गरिएका ३ वटै धर्मशाला हिउँदमै भत्किएका थिए ।
पहिलेकै जस्तो नहोस भनी अहिले पक्कि भवन निर्माण थालिएको डिभिजन बन कार्यालयका इन्जिनियर प्रकाश सेजुवालले बताए ।
३ वर्षभित्र धर्मशाला निर्माण गरिसक्नु पर्ने निर्माण कम्पनी संग सम्झौता छ । सेजुवालका अनुसार निर्माण स्थलसम्म निर्माण सामा्रगी लैजान समस्या छ । अहिले पनी हिउँ छ । हेलीकप्टर मार्फत ढुवानी गरिएको छ । अहिले ३ प्रतिशतसम्म काम भइसकेको उनको भनाई छ ।

यस्ता छन बडिमालिका वरीपोरी देखिने हिउँ कञ्चन फाहाटहरु

समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालाीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ ।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् ।

बडीमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु हुन् । तर अचेल यी फाँटहरु बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।

स्थानीय पर्यटन व्यवसायी मनराज सिम्खाडा बडीमालिका क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर यसलाई संरक्षण गर्नुपर्ने बताउँछन् ।
बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । बडिमालिका जानका लागी बाटोमा वास बस्ने ठाउँ छैन । धार्मिक र पर्यटकिय रुपमा चर्चित रहेको यो क्षेत्रमा पर्यटक र भक्तजनहरुका लागी वास बस्ने घर छैन । यसले गर्दा एक पटक दर्शन गर्न आएका भक्तजनहरु फेरी नर्फिने गरेका छन । अव धर्मशाला बनेपछी पर्यटकहरुको आवागमनमा वृद्धी हुने विश्वास छ ।
बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीहरुले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरु खासै भेटिँदैनन् । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।

बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन् ।मन्दिर पुजारी कृष्न धमला भन्छन् बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ । सरकारले बडीमालीका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ ।
बडिमालिका क्षेत्रलाई पश्चिम नेपालकै मुख्य पर्यटकिय क्षेत्र बनाउन कालिकोट, अछाम र कालिकोटका स्थानिय तहहरुले पुर्वाधारका कामहरु अगाढी बढाउका छन ।
त्रिवेणी धामसम्म सडक पुगाउने उदेश्यले अहिले कालिकोटको शान्नि बिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाल बल्लेकाँधसम्म सडक खनिरहेका छन ।

सम्बन्धित फोटोः
१) बडिमालिका भक्तजनका लागी त्रिवेणीमा निर्माण हुदै पक्कि भवन

२) बडिमालिका मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्य
३) त्रिवेणीमा देखिने सुन्दर हिमाल, हिउँ कुल्चनहरु


तश्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित