Online News Khabar

युनिकोड

पत्रकार महासंघ द्वारा बुहारी पत्रकार पुरस्कार प्रदान

867
SHARES
1k
VIEWS

कालिकोट – नेपाल पत्रकार महासंघ कालिकोट शाखाले छाेरी बुहारी पत्रकारीता पुरस्कार पत्रकार प्रिमाकुमारी बिश्वकर्मालाई प्रदान गरेकाे छ ।
सामुदायिक रेडियो प्रदेश आवाज एफएम कालिकोटमा कार्यरत संचारकर्मि प्रिमा कुमारी बिश्वाकर्मालाई बिहीबार एक कार्यक्रमका बिच पाँच हजार नगद सहित सम्मान पत्र सहित पुरस्कार प्रदान गरेकाे छ ।
दुर्गम क्षेत्रमा पत्रकारीता गर्नु पर्दाका पिढाहरूमा अझै छाेरी बुहारी लाई काम गर्न निकै चुनाैति हुने गरेकाे छ ।
बालबच्चा साथमा राखेर काम गर्दाका समस्यालाई दृष्टिगत गर्दै बिश्वकर्मालाई पुरस्कार प्रदान गरिएको हाे ।
पत्रकारिता क्षेत्रमा अझै जाेस जागर बढाेस र याे क्षेत्रमा छाेरी बुहारी टिकाउनका साथै स्थापित गराउन याे पुरस्कार महासंघले राम्रो निर्णय गरेक महासंघका पुर्व अध्यक्ष तुलराम पाण्डेले बताए ।

यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष तथा सल्लाहकार कालिबहादुर मल्लले छाेरी बुहारी पत्रकारीता पुरस्कार प्रदानप्रती धन्यवाद दिए ।
यस्ता पुरस्कार र प्राेत्सानले पत्रकारिता पेषामा थप बलियाे हुने मल्लले बताए ।
पुरस्कार प्रदान कार्यक्रममा महासंघका अध्यक्ष भरतराज बिस्टले छाेरा छाेरी बाेकेर काखमा राखेर पत्रकारिता गर्दाका पिढालाई दृष्टिगत गर्दै यस्ताे निर्णय गरेकाे बताए ।
कालिकोटमा संञ्चार माध्यायमकाे बढ्दाे बिकास संगै छाेरी बुहारी अक्ष्यकाेष स्थापना गरेकाे बताए ।

पुरस्कृत भएकी पत्रकार प्रिमा बिश्वकर्माले याे पेषामा दुख सुख जे जस्ता आएपनी याे सम्मानले पेषामा थप जाेस जाँगर संगै गाैराम्वित भएकाे बताईन ।
कार्यक्रममा प्रेस चाैतारी नेपालका अध्यक्ष बिश्वनाथ सिम्खाडा, जनपत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य , कर्ण बिश्वकर्मा,प्रेस युनियानका उपाध्यक्ष पुष्पराज भट्टराई , पत्रकार किरण अधिकारी लगायतका पत्रकारहरूकाे उपस्थिति रहेकाे थियो भने, कार्यक्रमकाे संचालन महासंघका सचिव खडानन्द अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित