कालिकोट – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य शुनिल प्रजापतिले सरकारलाई मत दिएर नेपाली कांग्रेसले प्रतिपक्ष हुन नसक्ने बताएका छन्।
साेमबार मान्ममा आफ्नाे पार्टीको ४५ अाै स्थापना दिवसकाे अवसरमा पत्रकार भेटघाट कार्यक्रममा नेता प्रजापतिले यस्ताे बताएका हुन ।
स्थापना कार्यक्रममा शुभकामना दिदै प्रजापतिले सरकारलाई समर्थन पनि गर्ने उता प्रमुख प्रतिपक्ष हुनु पर्ने दावि पेश गर्नु गैर कानुनी काम भएको बताएका छन।
आफ्नाे पार्टी सरकार र सदनमा सधै प्रतिपक्षनै रहेकाे स्मरण गराउदै आफ्नाे पार्टीनै प्रमुख प्रतिपक्षमा दावि रहेकाे बताए ।
नेमकिपा राष्ट्र र राष्ट्रियताका सवालमा हाेस् वा जनहित बिपरितका राष्ट्रघाति सन्दि सम्झौता र अध्यादेश बिरूद्व आवाज उठाउदै रहेकाे बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजापतिले देशमा अहिले कम्युनिस्ट पार्टी छ भने नेपाल मजदुर किसान पार्टी रहेकाे दावि गरे ।
यस्तै कार्यक्रमका विशेष अतिथि तथा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले
अहिलेका कम्युनिस्ट पार्टी भनेर सत्ता र ठुलाे पार्टी भन्नेहरू पनि मजदुर किसान पार्टीबाटै आएकाे बताए ।
अहिले पनि नेपाल मजदुर किसान पार्टी सत्ता र स्वार्थकाे लाेपमा नपरी प्रमुख प्रतिपक्षमै रहेर राष्ट्र र राष्ट्रियता जाेगाई राख्न प्रतिपक्षमा बसेकाे समेत बताएका थिए ।
साथै उनले जनहितका पक्षमा आवाज उठाउन चुनावमा जाने तर, राष्ट्रघाति अध्यादेश लाई राेक्न आफ्नाे पार्टी सधै सरकारकाे प्रतिपक्ष रहेकाे बताएका थिए ।
कार्यक्रममा नेमिकपाका जिल्ला अध्यक्ष खड्गराज शाहीकाे अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रमकाे आयाेजना गरिएको थियाे ।कार्यक्रममा शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष नरदिप शाही लगायतका नेताहरूकाे सहभागीता थियो ।





