बलात्कार पछि हत्या गरिएकि निरूकाे न्यायकाे लागि सडक बहश

बलात्कार पछि हत्या गरिएकि निरूकाे न्यायकाे लागि सडक बहश

कालिकोट – बलात्कार पछि हत्या गरिएकी कालीकोटकी निरु बिकको न्यायको माग गर्दै सडक बहस गरिएको छ। निरुलाई न्याय माग्दै अभियान संस्था चे फोर्सले शनिबार मान्मको प्रतिमा चाेकमा बहस गरेको हो।

निरु बिकको न्यायका लागि गृहमन्त्रीलाई ज्ञापन पत्र, निरुको न्यायका लागि हस्ताक्षर संकलन र सडक बहस गरिएको चे फोर्स नेपालका प्रतिनिधि हिक्मतजंग मल्लले बताए। २०७८ भदौ ४ गते हत्या गरिएकी बिकको हत्यारा पक्राउ गर्न माग गर्दै सडक बहस गरिएको हो। हत्याको १६ महिना बित्दा पनि हत्यारा पत्ता नलाग्नु कानूनी शासनको उहास भएको मल्लको भनाइ छ। यस्ता घटनामा पीडितलाई न्याय दिन प्रशासन गम्भीर हुनुपर्ने उनले बताए।

बुधबार मात्र चे फोर्स नेपालका युवाले बिकलाई न्याय माग्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले घटनाको अनुसन्धान जारी रहेको बताए।by annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित