कालिकोट – अति बिपन्न तथा जोखिममा रहेका ३ हजार ३ सय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
रास्कोट नगरपालिका, शान्नि त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाका अतिजोखिम तथा न्युन आर्थिक अवस्था भएका स्कुले बालवालिकालाई झोला, तथा स्टेशनरी शैक्षिक सामागी्र जनप्रतिनिधिहरुको सहभागितामा हस्तान्तरण गरिएको हो ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल द्धारा संचालित बाल प्रत्याभुत संचार ब्यबस्थापन कार्यक्रम मार्फत स्पोन्सरसिप बालबालिका लाई शैक्षिक सामाग्री सहयोग गरेको । स्पोन्सिप अफिसर पदम विष्टले जानकारी दिएका छन ् ।
सादा नेपाल द्धारा संचालित बाल प्रत्याभुत संचार व्यवस्थापन कार्यक्रम अन्तर्गत रास्कोटका १२ सय ७६ जना, शान्नि त्रिवेणीका ९ सय ७४ र नरहरीनाथ गाउँपालिकाका एक हजार ६० जना गरी जम्मा ३ हजार ३ सय दश जना बिपन्न बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको विष्टले बताए ।
एस.सि बालवालिकालाई शैक्षिक सामाग्री बितरण गरिदै यस रास्कोट नगरपालिका का.बा.नगर प्रमुख तथा वडा नं ९ का वडा अध्यक्ष धन बहादुर धामी, वडा नं ४ का वडा अध्यक्ष दिनेश संज्याल, रास्कोट नगरपालिका का शिक्षा प्रमुख तथा निमित प्रमुख प्रशासकिय अधिकृत खेमराज शाही, फोकल प्रशन हुकुम शाही द्धारा शैक्षिक सामाग्री सहयोग हस्तान्त्रण गरिएको छ ।
जोखिम तथा बिपन्न बालवालिकाको पहिचान गरी सहयोग गरेकामा प्लान इन्टरनेशनल नेपाल र सादा नेपाल संस्थालाई जनप्रतिनिधिहरुले धन्यवाद दिएका थिए ।।
सान्नीत्रिवेणीमा प्रमुख प्रशासकिय अधिकृत , वडा नं १,२,४,र ९ का वडा अध्यक्ष बैकुण्ठ गिरी, बसन्त बुढा , देवनाथ योगी , नौलासिंह बुढा र नरपति तिरुवा र अन्य वडा का सरोकारवला संग समन्वय बालबालिका शैक्षिक सामाग्री बितरण गरिएको हो ।
नरहरिनाथ २ का वडा अध्यक्ष प्रेम बिष्ट र अन्य वडा अध्यक्ष र पालिका संग समन्वय कोडनेशन गरि शैक्षिक समाग्रि हस्तान्तरण गरिएको थियो ।
।
यी तिनै वटा पालिकामा हुरेन्डेक नेपाल, कर्डिाक नेपाल र सादा नेपालले फरक फरक क्षेत्रमा काम गरिरहेका छन ।
Discussion about this post