कालिकोट- जिल्लामै पहिलो पटक कालोपत्रे हुन लागेको शान्तिघाट –रास्कोट सडक अझै सुरु हुन सकेको छैन् ।
जिल्लाको रास्कोट नगरपालिका ६ शान्तिघाट देखी आरसिपी बजार सम्मको ११ किलोमिटर सडक पहिलोपटक कालोपत्रे हुने भएपछी यहाँका नागरिक खुशी भएका थिए ।
निर्माण शिलान्याश गरिएको एक वर्ष बढी बिन्दा समेत निर्माण सुरु नहुदा यहाँका नागरिक निराश बनेका छन ।
२०७९ साल पुष महिनामा ४ वर्ष सम्म कालोपत्रे गसिक्नु पर्ने भनी पुर्वाधार विकास कार्यालय र निमार्ण कम्पनी केएस शनिदेव जेभि बिच सम्झौता गरिएको थियो ।
पटक पटक चिठि लेखेर काम सुरु गर्न ताकेता गर्दापनी ठेकेदारले काम सुरु नगरेको पुर्वाधार विकास कार्यालय कालिकोटले जनाएको छ ।
सम्झौता गरिएको एक वर्ष भइसक्यो अहिले सम्म काम सुरु गरिएको छैन् । अहिले सम्म ३० प्रतिशत काम गरिसक्नु पर्ने हो । अव अन्तिम चिठि काट्छौ अझै सुरु नगरिए ठेक्का रद्य गराउने कार्यालयले बताएको छ ।
यस विषयमा पटक पटक फोन गर्दा ठेकेदार सम्पम्र्कमा आएर काम सुरु गरेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
अहिले सम्म ३० प्रतिशत कामम सुरु गरिसक्नु पर्ने हो तर, निर्माण कम्पनीले ढिला गर्यो । अव रफत्तारमा काम गर्न भनेको छौँ ।
यसको अवधि सम्झौतामा चार वर्षको राखिएको निमार्ण कम्पनी महेन्द्रनगर कन्चनपुरका प्रतिनिधि अभिषेक श्रेष्ठले बताए । अहिले जाली हाल्ने र केही अन्य काम हुदै गरेको श्रेष्ठको दावि छ ।्
अहिले सम्म कुनैपनी काम भएको देखिएको छैन । यो समयसम्म गर्नुपर्नेै जती काम गर्न सकिएन ४ वर्षमा कालोपत्रे गरिसक्ने उनको भनाई छ । सडक जस्ताको तस्तै पुरानै अवस्थामा छ ।
सम्झौता गरिएको एक वर्ष पुग्दा समेत निर्माण कार्य सुरु गरिएको छैन । ११ किलो मिटक सडकको कालोपत्रे गर्न जम्मा भ्याटसहित २५ करोड ५५ हजार ५१२ रुपियाँको लागतमा कालोपत्रे हुन लागेको हो ।
कालिकोटमा कर्णाली राजमार्ग बाहेक अहिले सम्म कुनै ग्रामिण सडक कालोपत्रे हुन सकेका छैनन् ।
Discussion about this post